क्रिकेट

पोखरा प्रिमियर लिग क्रिकेट कात्तिकमा हुने

Banner

काठमाडौं, असोज ६–

सर्वाधिक पुरस्कार राशि भएको दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आगामी कात्तिक अन्तिम सातादेखि शुरु हुने भएको छ ।

प्रतियोगिता आगामी कात्तिक २६ देखि मङ्सिर ७ गतेसम्म सञ्चालन गरिने क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पोखरा क्रिकेट रङ्गशालामा आयोजना हुने प्रतियोगितामा विभिन्न ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतिस्पर्धा गर्ने टोलीमा विराटनगर टाइटन्स, चितवन राइनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौँ रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।

उक्त प्रतियोगिताअन्र्गत पहिलो संस्करणको उपाधि पोखरा पल्टनले जितेको थियो । फाइनल खेलमा पोखराले चितवन राइनोजलाई पराजित गर्दै उपाधिमाथि कब्जा गरेको थियो ।

नेपाल भ्रमण वर्ष २०२० मनाउन लागिएको अवसरमा पीपीएल लिगले सकारात्मक सन्देश दिने विश्वास लिइएको आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>