समाज

नागढुंगा सुरुङ मार्ग निर्माण सम्झौता,४२ महिनामा सकिने

Banner

काठमाडौं,असोज ६-

नागढुंगा सुरुङ मार्ग निर्माणका लागि जापानको हाजामा एन्डो कर्पोरेसनबीच आज (सोमबार) सम्झौता भएको छ । करिब साढे १३ अर्ब खर्च लाग्ने उक्त सुरुङ मार्ग ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । ४३ वटा स्वदेशी तथा विदेशी कम्पनीले चासो देखाएकामा ६ वटाले मात्रै टेन्डरमा आवेदन दिएका थिए ।

जापान इन्टरनेशनल कर्पोरेसन एजेन्सी (जाइका)ले सन् २०१४ मा सुरु गरेको सर्भे सन् २०१५ मा सकाएको थियो । सन् २०१६ डिसेम्बर २२ मा १६ अर्ब ६३ करोड ६० लाख जापानी येन बराबरको ऋण सम्झौता भएको थियो ।

तत्कालिन समयमा ४० वर्षका लागि ०.०१ प्रतिशत ब्याजदरले ऋण सम्झौता भएको थियो । जसमा नेपाल सरकारले जग्गा प्राप्ती र अन्य प्रशासनिक खर्च बेहोर्ने सम्झौता भएको थियो । नागढुंगा सुरुङको डिजाइनको काम सन् २०१७ अप्रिलमा सुरु भएर सन् २०१८ को अप्रिलमा सकिएको थियो ।

सुरुङ चन्द्रागिरी नगरपालिका र धुनिबेसी गाउँपालिकाको क्षेत्रमा हुनेछ । सुरुङमार्ग २.६८८ किलोमिटर लम्बाइको हुनेछ भने २ लेनको सुरुङमा प्रत्येक लेन साढे ३ मिटर चौडाइका हुनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>