चितवन विशेष

नेकपा भरतपुर महानगर कमिटीको कार्यालय उद्घाटन

Banner

चितवन,असोज ६-

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भरतपुर महानगर कमिटीको कार्यालय सोमबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । कार्यालयको महानगर इञ्चार्ज रेनु दाहालले कार्यालयको बोर्ड पढेर उद्घाटन गरिन् । भरतपुर महानगरपालिका वडा नं.४ बैद्धिक नगरस्थित साविक माओवादी पार्टी कार्यालय रहेको स्थानमा महानगर कमिटी कार्यालय स्थापना गरिएको छ ।

सो अवसरमा बोल्दै दाहालले पार्टी कामलाई चुस्त दुरुस्त बनाउन कार्यालय उद्घाटन गरिएको बताइन् । महानगर प्रमुख समेत रहेकी दाहालले पार्टी कमिटी बनेसँग महानगरपालिकाको विकास निर्माणको काममा पनि सहयोग हुने बताइन् ।

सो अवसमा पार्टी जिल्ला अध्यक्ष यमबहादुर परियारले पार्टी एकता तल्लो तहसम्म हुँदै गएको बताउँदै पूर्व सहमति अनुसार नै मदन नगरमा पार्टी कार्यालय र बैद्धिक नगरमा महानगर कमिटी र जनवर्गीय संगठनहरुका कार्यालय सञ्चालन गरिने बताए ।

कार्यक्रममा महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेले सपथग्रहण हुन बाँकी भए पनि पार्टी कामलाई छिटो छरितो र व्यवस्थित रुपमा सञ्चालन गर्न कार्यालय उद्घाटन गरिएको बताए । कार्यक्रममा पार्टीका केन्द्र, प्रदेश तथा जिल्ला तहका नेता कार्यकर्ता र जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>