चितवन विशेष

चितवनको शहीद स्मृति क्याम्पसमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी

Banner

चितवन, असोज ५

चितवनको रत्ननगरमा रहेको शहीद स्मृति बहुमुखी क्याम्पसमा व्यापक अनियमितता र भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

नेपालकै ठूलो सामुदायिक क्याम्पस तथा चितवनकै एक प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा सो क्याम्पस चिनिँदै आएको थियो । क्याम्पसमा निर्माण भएका विभिन्न कार्यप्रक्रिया बिना भुक्तानी दिइएको, क्याम्पस प्रमुखको राजीनामा र निमित्त क्याम्पस प्रमुखका सन्दर्भमा पनि अख्तियारमा उजुरी परेको हो ।

क्याम्पस प्रमुखले अधिकार क्षेत्र भन्दा बाहिर कार्य गरेको, विभिन्न क्षेत्रबाट प्राप्त बजेट प्रक्रिया बिना नै खर्च भुक्तानी गरेको आरोपसमेत उजुरीमा लगाइएको छ । क्याम्पस प्रमुखले गत चैत १७ गते राजीनामा दिएपछि पुनः क्याम्पसमा गई नियम विपरीत विभिन्न कार्य गरी व्यापक अनियमितता गरेको सो उजुरीमा उल्लेख छ । त्यसैगरी क्याम्पस सञ्चालक समितिको कार्यअवधि गत जेठ १७ गते सकिए पनि सो समितिले नियम विपरीत लाखौँ रकम दुरुपयोग गरेको उजुरीमा उल्लेख छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँमा सो उजुरी आज (आइतबार) दर्ता भएको हो । सो उजुरीको दर्ता नं. सी ८१२९ रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>