चितवन विशेष

पुडासैनी मृत्यु प्रकरणः चितवन अदालतमा रविका साक्षीको बकपत्र आजबाट सुरु

Banner

चितवन,असोज ५-

जिल्ला अदालत चितवनमा शालिकराम पुडासैनी मृत्यु प्रकरणको बकपत्र आजदेखि सुरु हुने भएको छ । घटनाको मुचुल्का बनाउने क्रममा रहेका साक्षी र जाहेरबालाको बकपत्रका लागि आज रबि सहित तीनै जना अदालत उपस्थित हुने जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए । पुडासैनी आत्महत्या प्रकरणमा रवि लामिछाने ५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । उनसिंगै पक्राउ परेका युवराज कँडेललाई ३ लाख रुपैयाँ धरौटी तोकिएको थियो भने नर्स अस्मिता कार्कीलाई भने साधारण तारेखमा जिल्ला अदालतले भदौं ९ गते रिहा गरेको थियो ।

पुडासैनी चितवनको एक होटलको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेका थिए । उनले मोबाइलमा भेटिएको भिडियोमा पुडासैनीले आफ्नो मृत्युको कारण लामिछाने, कँडेल र कार्की भएको बताएपछि प्रहरीले तीनै जनालाई साउन ३० अनुसन्धानको लागि पक्राउ गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>