चितवन विशेष

डेँगुबाट बच्न भरतपुरमा सडक नाटक प्रदर्शन

Banner

चितवन, असोज ४–

भरतपुरको गणेशधाम नजिकै शनिबार साँझ एउटा फरक दृश्य देखियो । जहाँ स्थानीयहरुको भिडभाड, बिरामीको पीडा र डाक्टरले सम्झाउदै गरेका थिए । यी दृश्य कुनै वास्तविकता नभई पछिल्लो समय चितवनलगायत देशैभरी महामारीको रुपमा फैलिएको डेँगु रोग तथा यसको संक्रमणबाट बच्नका लागी गरिएको सचेततनामुलक सडक नाटकको हो ।

इम्पल्स एजुकेसन कन्सल्टेन्सी, नेवा पत्रकार राष्ट्रिय दबु चितवन,  लियो क्लब अफ गैडाकोट मौलाकालिका एवम चितवन परिवारको संयुक्त आयोजनामा सिएमसी बीपीएच समूहको सहयोगमा सोसडक नाटक तथा पोस्टर प्रदर्शन गरिएको हो ।

गैंडाकोटको काँग्रेसचोकबाट सुरु भएको सडक नाटक प्रदर्शन भरतपुरको गीतानगर, चौबिसकोठी र गणेशस्थान गरी चार स्थानमा प्रदर्शन गरिएको छ ।

सडक नाटक तथा पोस्टर प्रदर्शन मार्फत डेँगु रोगका बारेमा जानकारी र यसका लक्षण तथा समाधानका उपायसंगै सरसफाइमा विशेष ध्यान दिनुपर्ने जानकारी गराइएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>