चितवन विशेष
नेकपा भरतपुर महानगरको अध्यक्षमा युवा नेता न्यौपाने
०

चितवन,असोज ४-
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले महानगर अध्यक्ष र सचिवको टुंगो लगाएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ६ महानगरको अध्यक्ष र सचिव टुंगो लगाएको हो ।

भरतपुर महानगर कमिटीको अध्यक्षमा रामप्रसाद न्यौपाने र सचिवमा इश्वर सापकोटा ‘सुमन’ चयन भएका छन् । यस्तै काठमाडौं महागरपालिकाको अध्यक्षमा निर्मल देउवा र सचिव रविन्द्र श्रेष्ठ चयन भएका छन् ।
ललितपुरको अध्यक्षमा मञ्जरी कायश्थ र सचिव ज्ञानेन्द्र शाक्य तथा पोखराको अध्यक्षमा दिपक कोइराला सचिव विश्वप्रकाश लामिछाने चयन भएका छन् । वीरगञ्जको अध्यक्षमा रहबर अन्सारी र सचिव विश्वम्भर शर्मा तथा विराटनगर महानगरको अध्यक्षमा सागर थापा र सचिवमा हेम कार्की चयन भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























