चितवन विशेष

संविधानको मर्म र भावनाको आत्मसाथ गर्नुपर्छ : मेयर वन

Banner

चितवन  असोज ३-

रत्ननगर नगरपालिकाका मेयर नारायण वनले संविधानको मर्म र भावनालाई आत्मसाथको गर्नुको विकल्प नरहेको बताएका छन ।

संविधान दिवसको अबसरमा शुक्रवार विहान आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले संविधानको मर्म र भावनालाई आत्मसाथ गर्दै अगाडि बढनुको विकल्प नहरेको बताए । उनले संविधानले दिएको अधिकारको प्रयोग गरी नगर र नगरवासीको समृद्धिमा क्रियाशिल रहने प्रतिबद्धता समेत जनाए।

नेपालमा विश्ककै उत्कृष्ट संविधान जारी रहेको भन्दै उनले संविधानलाई आवश्यकताको आधारमा परिमार्जन गर्दै लैजान सकिने जनाए । संविधान गतिशिल दस्तावेज हो उनले भने यसलाई आवश्यकताको आधारमा थपघट गर्न सकिन्छ । संविधान मान्दिन भन्न पाईदैन मेयर वनले भने आत्मसाथ गरेर कर्तव्य पालना गर्नुपर्छ । संविधान सानो बलबुताले आर्जेको बस्तु होइन उनले भने यसलाई जलाउने र मान्दिन भन्ने अधिकार कसैलाई छैन ।

उनले संविधानले जनताको मौलिक अधिकार स्थापित गरेको भन्दै मेयर वनले यही अधिकारलाई टेकेर हुँदा खाने जनताको आर्थिक उन्नतीमा लाग्ने बेला आएको बताए ।

कार्यक्रममा मेयर वनले नगरपालिकाको कार्यसम्पादनमा क्रियाशिल भएर लाग्न कर्मचारीहरुलाई आग्रह गरे । उनले संविधान दिबसको अबसरमा शुक्रवार र शनिवार दुई दिन घरघरमा दिपावली गर्न नगरवासीलाई आग्रह गरेका छन । हामी सबै मिलेर नगरपालिका बनाउने हो उनले भने तपाईहरु र हामी जनप्रनिनिधि मिलेर काम गर्नुपर्छ ।

कार्यक्रममा उपमेयर विमला दुवाडी,वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा,निमित्त प्रमुख प्रशासकीय अधिकृत बद्रिनारायण शर्मा,मानब अधिकारकर्मी ज्वाला पुरी वन,कर्मचारीको तर्फवटा वडा नं ५ का वडा सचिव शंकरबहादुर गिरी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,वडा सदस्यहरु,नगरपालिकाका कर्मचारी,पत्रकार लगायतका सहभागिता रहेको थियो ।

संविधान दिवसको अबसरमा आजै बेलुका साढे छ बजे दिपप्रज्वलन गर्ने जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>