चितवन विशेष
बौद्धिक अपाङ्गता भएका विद्यार्थीका लागि लायन्स र लियोले दियो शैक्षिक सामग्री
०

चितवन, असोज २–
१९औं बौद्धिक अपाङ्गता दिवसको अवसरमा लायन्स क्लब अफ रत्ननगर शान्ति चोक र लियो क्लब अफ रत्ननगर शान्ति चोकले संयुक्त रुपमा रत्ननगर नगरस्तरीय अपाङग समन्वय समिति, रत्ननगर शैक्षिक सामग्री सहयोग गरेको छ ।
आज (बिहीबार) एक कार्यक्रमकाबीच समितिलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको लायन्स क्लब अफ रत्ननगर शान्ति चोकका अध्यक्ष बालकृष्ण भट्टराईले जानकारी दिए । सो शैक्षिक सामग्री (कपी र कलम) नेपाल माध्यमिक विद्यालय रत्ननगरमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई प्रदान गरिने रत्ननगर नगरस्तरीय अपाङग समन्वय समितिले जनाएको छ ।
हाल नेपाल माध्यमिक विद्यालयमा ३० जनाभन्दा बढी बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























