अन्तर्वार्ता

ग्राहकको विश्वास र सदभावनै व्यवसायिक सफलताको कारक : प्रबन्धक लामा

Banner

चितवन, असोज १-

चितवनमा दुई पाङ्ग्रे सवारीसाधनको प्रयोगसँगै चार पाङ्ग्रे निजी सवारी साधनको प्रयोग ह्वात्तै बढेको छ । मानिसको आवश्यकता, सडकको पहुंँच र सामाजिक प्रतिष्ठाको लागि समेत यसको प्रयोग बढ्दै गइरहेको हो । यातायातको सहजता, मानिसहरुको आम्दानीको स्रोत बढ्दै जानु, जग्गाको मूल्य र वैदेशिक रोजगारी बढ्दै जानु लगायतका कारणले नै चितवनमा अटो व्यवसाय फस्टाएको देखिन्छ ।

चितवनमा पनि गाडीका प्रयोगकर्ता बढेसंँगै अटोमोबाइलका शोरुम खोल्ने क्रम बढ्दो छ । ग्राहकको माग र चाहना बमोजिम विभिन्न विदेशी ब्रान्डका आनन्ददायक गाडीहरु चढ्ने पनि उत्तिकै बढिरहेका छन् । एक दशकअघिमात्र नारायणगढको एक दुई स्थानमा निजी गाडीका शोरुम रहे पनि अहिल्यै यो क्रम विस्तार हुंँदै भरतपुरको गोन्द्राङसम्म पुगेको छ ।

यसैबीचमा विसं २०६८ सालबाट नारायणगढबाट सेवा प्रारम्भ गरेको एसएच मोटर्स प्रालिले अघिल्लो वर्षबाट भरतपुरको रिजालचोकबाट फोर्ड ब्राण्डका विभिन्न मोडलका गाडीहरु बिक्री गर्दै आएको छ । कम्पनीले एक दशक भित्र प्राप्त गरेको सफलता एवम् फोर्ड ब्राण्डका विशेषताका बारेमा नारायणी अनलाइनले कम्पनीका प्रबन्धक सुमित्रा लामासंँग कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :

  • तपाईँ लामो समयदेखि एसएच मोटर्स कम्पनीको प्रबन्धक पदमा कार्यरत हुनुहुन्छ, कस्तो अनुभव गर्नुभएको छ ?

म सानैदेखि बिजनेस माइन्डको मान्छे । भविष्यमा पनि बिजनेसनै सम्हाल्ने र स्थापित हुने मेरो चाहना थियो । त्यसमा पनि म अलिकति फरक प्रकारको व्यापारमा रमाउन चाहन्थेँ । प्रबन्धक पदमा रहेर आफूलाई स्थापित गराउन चाहन्थेँ । त्यसैले पनि मैले अटो बजारलाई रोजेँ । आज आएर यो सपना एसएच मोटर्सले पूरा गरेको छ । झण्डै १० वर्षदेखि म यो क्षेत्रमा छु र मलाई पहिलेदेखिनै गाडीका शोरुम कम्पनीमा काम गर्ने इच्छा थियो जस अनुरुप म यो क्षेत्रमा स्थापित भएको हुंँ ।

  • तपाईँ यो कम्पनीमा आएदेखि कम्पनीले कत्तिको उचाइ पाएको छ त ?

कुनै पनि कम्पनी सफल हुनुमा व्यवस्थापन, टिमवर्क, मेहनत, लगावको उत्तिकै आवश्यक पर्छ । मैले यसलाई उचाइमा पु¥याउनको लागि थुप्रै अभ्यास गरेको छु । जसका कारण एक त फोर्ड गाडीका ब्राण्डलाई चितवनको प्रतिस्पर्धात्मक बजारमा स्थापित गर्न सकेँ । अर्को कुरा ग्राहकको चाहना, सेवालाई मध्यनजर गर्दै गाडी बिक्री गर्नुका साथै त्यसपछिका सेवालाई पनि प्राथमिकतामा राखे ।
जसका कारण अन्य ब्राण्डका गाडी तुलनामा यो ब्रान्डका गाडी ग्राहकले रुचाएको अनुभव गरेको छु । हामी गाडीको सेल्स ट्रेण्डमा पनि उत्तिकै सन्तुष्ट छौं । जसको फलस्वरुप दक्षिण एशियामा नै चौथो नम्बरमा कम्पनीले प्लाटिनियम फोर्ड अर्जुन अवार्ड लिन सफल भयौं । यसलाई कम्पनीको टिम, ग्राहकहरु सद्भाव र सबैको संयुक्त प्रयासबाट सफल भएको ठान्छु । अर्को कुरा हामीले कम्पनीले दिएको बिक्री लक्ष्यभन्दा बढी नै फोर्ड गाडीका उत्पादनहरु बिक्री गर्न सफल भएका छौं । ग्राहकको हामी प्रतिको विश्वास र हामीले ग्राहकलाई दिएको सेवाका कारण पनि हामी यो सफलता हात पारेका हौं ।

  •  चितवनमा अन्य ब्राण्डका गाडीका थुप्रै शोरुम छन्, यो भीडमा किन फोर्ड शोरुमको आवश्यकता प¥यो ?

यो युग २१ औं शताब्दीको प्रतिस्पर्धी युग हो । जसले प्रतिस्पर्धा गर्न सक्छ उ नै बजारमा टिक्छ । त्यसैगरी फोर्ड कम्पनी र यो ब्रान्ड पनि विश्व विख्यात ख्याती प्राप्त कम्पनी हो । अन्तर्राष्ट्रिय बजारमा यसले आफ्नो छुट्टै पहिचान बनाइसकेको छ । अक्सर विभिन्न कम्पनीका उत्पादन विश्व बजारमा प्रतिस्पर्धा गर्दै आइराखेको अवस्थामा फोर्डका उत्पादन पनि नेपाली ग्राहकले अत्यधिक मन पराएका हुनाले ग्राहकको चाहना र माग बमोजिम हामीले यस शोरुमको आवश्यकता महसुस गरेका हौं । चितवन देशकै केन्द्रमा भएकोले र अन्य छिमेकी जिल्लाको लागि पनि सहज भएको छ । जसको कारण हाम्रो शोरुम यसअघि नारायणगढमा रहे पनि यसलाई विस्तार गरी भरतपुरको रिजालचोकमा राखेका हौं । यसको कभरेज क्षेत्र पश्चिममा नवलपरासी र पूर्वमा विरगंज, मुग्लिङसम्मको क्षेत्र पर्दछ । त्यसैले यहांँका ग्राहकको चाहना एवम् सेवाको लागि फोर्ड ब्रान्डका गाडीको शोरुमा अपरिहार्य भएको छ ।

  •  गाडी किन्न आउने ग्राहकले के के सुविधा पाउंँछन ?

विशेषगरी गाडी खरिद गर्न आउने ग्राहकको लागि सहज तरिकाले वित्तिय सुविधा उपलब्ध छ । यसको सर्भिसिङ, पार्टस्को उपलब्धता र एक्सचेन्ज गर्ने सुविधा पनि दिएका छौं । ग्राहकले गाडी बिक्री गर्न चाहेमा पनि हामीले उचित मूल्यमा खरिद गर्छौ ।

  • अन्य ब्रान्डका गाडी र फोर्ड ब्रान्डका गाडीमा के फरक छ ?                                                                                                                         वास्तवमा भन्ने हो भने फोर्ड ब्रान्ड अन्तराष्ट्रिय गुणस्तरको ब्रान्ड हो । यो ब्रान्डसंँग अरु ब्रान्डका गाडी भन्दा बढी ग्राहकले रुचाएका छन् । किनकी अटोबजारमा यो ब्रान्डले अलग्गै इतिहास रचेको छ । यसका लुक्स, मोडल र नेपाली माटो सुहाउंँदो र नेपाली ग्राहकले रोजेको खोजेको मोडलहरु उपलब्ध भएकोले पनि अरु ब्रान्ड भन्दा फरक छ । अर्को कुरा यस ब्रान्ड चढ्ने ग्राहकले अन्य ब्रान्ड चढ्नै मान्दैनन् । किनकी यस गाडीमा सुरक्षाको हिसाबले विभिन्न प्रविधिसमेत जडान गरिएको छ । साथै यो गाडी मध्यम वर्गदेखि उच्च वर्गका ग्राहकलाई लक्षित गरी विभिन्न मोडल र मूल्यमा उपलब्ध छन् ।
  • ६) फोर्ड ब्रान्डका गाडीका विशेषता के के छन् ?     
  •  फोर्ड ब्रान्ड विश्व विख्यात अमेरिकी कम्पनीको अन्तर्राष्ट्रिय ब्रान्ड हो । यसले आफ्नो उत्पादनलाई प्रतिस्पर्धात्मक बजारमा स्थापित गर्दै अगाडि बढेको छ । मुख्य कुरा त भारतीय बजारका गाडीहरु भन्दा पनि यो ब्रान्डका गाडी तुलनात्मक रुपमा सस्तो छ ।

आकर्षक मोडल, उच्च सुरक्षा सर्तकता, विभिन्न कलर र आर्कषक इन्टिेरियर डिजाइन भएकोले पनि ग्राहकको रोजाइ बनेको छ । यस्तै सर्वसुलभ पार्टस्, सर्र्भििसङ, मर्मत सुविधा उपलब्ध भएकोले पनि ग्राहक यस कम्पनीको गाडीप्रति आकर्षित छ । यस्तै धेरै अप्सनसहित, आरामदायी सिट, भर्टिकल क्लियरेन्स, अटो गेयर सिष्टम सुविधा जस्ता यसका अन्य थुप्रै विशेषता छन् ।

  • तपाईँको शोरुममा कुन कुन मोडल तथा मूल्यका गाडीहरु उपलब्ध छन् ?

हाम्रो शोरुममा सबै स्तरका ग्राहकलाई मिल्ने गाडीहरु उपलब्ध छन् । विशेष गरी एउटा सानो परिवार, कार्यालयका कर्मचारी , विजनेशमेनदेखि ब्रान्ड लोयल हुने सम्मको गाडीहरु छन् । हामीसंँग अहिले न्यूनतम २४ लाख ९९ हजार रुपैयांँदेखि एक करोड ७५ लाखसम्म पर्ने गाडीहरु छन् । हामी कहांँ अहिले फिगो, अस्पायर, फ्री स्टाइल, इकोस्पोर्ट, रेञ्जर, इण्डिभर, सिग्नेचर, थण्डर मोडलका गाडीहरु उपलब्ध छन् । जुन गाडीहरु विभिन्न गाडी र सिट क्षमतामा उपलब्ध भएकोले पनि अन्य ब्रान्डका गाडीभन्दा बढी किफायती, बलियो र सुरक्षित छ । त्यसैले हाम्रो शोरुममा कम्तिमा दैनिक २० देखि २५ ग्राहकले भिजिट गर्छन् र बुकिङ पनि उत्तिकै बढ्दो छ ।

  • कम्पनीले व्यवसाय बाहेक अन्य क्षेत्रमा के के सहयोग गर्दै आएको छ ?   
  •                    
  • हामी समाजमा बसेपछि सामाजिक दायित्व र धर्म निर्वाह गर्नैपर्छ । व्यवसाय गर्नु मात्र सामाजिक प्रतिष्ठा होइन । समाजमा हरेक नागरिकको आफ्नै दायित्व हुन्छ । जसका कारण कम्पनीले सामाजिक उत्तरदायित्व बहनअन्तर्गत विभिन्न सामाजिक संस्थालाई सहयोग गर्दै आएको छ र गर्नुपर्छ पनि । यसबाट अलग्गै सन्तुष्टि प्राप्त हुन्छ ।
  • कम्पनीको भविष्यको योजना के छ ?

वास्तवममा हामीले भरतपुरमा रहेको यो एउटा शोरुमले मात्र ग्राहकलाई पर्याप्त सेवा पुगेको छैन । ग्राहकले अन्य जिल्लामा समेत शोरुमको माग गरिरहेका बेला थप शाखा विस्तार गर्न लागेका छौं । जसका कारण ग्राहकको चाप र मागलाई ध्यानमा राख्दै शाखा विस्तार गर्ने योजनामा छौं ।

धन्यवाद !

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>