खेलकुद
चितवनमा निरन्तरको झरीले भोलि हुने फुटबल प्रतियोगिता रोकियो

चितवन, असोज १-
चितवनमा भोलि बिहीबारबाट सुरु हुने भनिएको प्रथम अन्तर्र्रािष्ट्रय आमन्त्रण चितवन भेटेरानकप फुटबल दुई दिन पछि सरेको छ ।
बर्षाको कारण खेल दुई दिनपछि सरेको आयोजक चितवन भेटेरान फुटबल क्लबका अध्यक्ष रविन्द्र श्रेष्ठले जानकारी दिए । प्रतियोगिता अब असोज ४ गतेबाट ८ गतेसम्म हुने उनले जानकारी दिए ।
बर्षाको कारण मैदान हिलाम्य भएकोले प्रतियोगिता दुई दिनपछि सारेको उनले बताए । प्रतियोगितामा सहभागी हुने सम्पूर्ण टिमलाई पनि यसबारे जानकारी गराइसकेको उनले बताए । प्रतियोगिताको मिति सरे पनि अन्य खेल तालिका भने पूर्वनिर्धारित नै रहने श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको सम्पूर्ण तयारी सम्पन्न भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा असोज ४ गते शनिबार बिहान आयोजक चितवन भेट्रान ‐निलो र मकवानपुर भेटेरान हेटौंडा भिड्नेछन् । उक्त खेलबिहान ७ः३० बजे सुरु हुनेछ .। प्रतियोगितामा नेपालको १२ र २ विदेशी गरी कुल १६ क्लबहरुले सहभागिता जनाउँनेछन् । जिल्ला प्रहरी कार्यालय अगाडिको गेस्टहाउस चांैरमा हुने प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार ५५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रत्येक दिन म्यान अफ द म्याचले एक हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्ताले पाँच÷पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।