चितवन विशेष

८२ लाख तिरेर कतारबाट छुटेका चितवनका विनोद नेपाल आइपुगे

०
Banner

चितवन, भदौं ३०–

ब्लड मनी तिर्न नसकेर कतारको जेलमा रहेका रहेका चितवनका विनोद रानाभाट स्वदेश फर्किन सफल भएका छन् ।

माडी नगरपालिका माडी नगरपालिका वडा नं. ७ कीर्तनपुर हाल भरतपुर–१५ निवासी रानाभाट कतारस्थित ओक्रा जेलमा थुनिएका थिए । भारतीय कामदारको हत्या गरेको अभियोगमा रानाभाट जेल परेका थिए ।

सो घटनाको मुद्धामा त्यहाँका अदालतको फैसला अनुसार रानाभाटले ५ महिना भित्र भारतीय कामदारको परिवारलाई ब्लड मनी स्वरुप २ लाख ६० हजार कतारी रियल अर्थात नेपाली करिब ८२ लाख रुपैयाँ बुझाउनुपर्ने थियो । सो रकम तिर्न नसकेर उनी जेलमा थिए । रानाभाटको परिवारले त्यति धेरै रकम बुझाउन सक्ने अवस्थामा थिएन ।

यस घटना बाहिर आएपछि नेपालका अभियान्ताहरुको पहलमा सहयोग संकलन गरिएको थियो । नेपालमा विनोद रानाभाट बचाउँ अभियान मार्फत ८२ लाख रुपैयाँ संकलन गरी कतार पठाएपछि विनोद रिहा भएका थिए । जेलबाट रिहा भए पछि रानाभाट सोमबार काठमाडौं आइपुगेका छन् ।

वैदेशिक रोजगारीका लागि जनरल क्लिनरको पदमा कामका लागि करिव ३ वर्षअघि रानाभाट कतार पुगेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>