चितवन विशेष

बाल दिवसको अवसरमा शैक्षिक सामग्री वितरण

Banner

चितवन, भदौं २९-

बाल दिवसको अवसरमा रोटरी क्लब अफ चितवनले श्री आधारभूत विद्यालय भरतपुर महानगरपालिका–१७ लगौँटामा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ ।

रोटरी क्लब अफ चितवनका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पौडेल प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा उक्त विद्यालयमा अध्ययनरत कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका सम्पूर्ण विद्यार्थीलाई कपी, कलम, पेन्सिल, झोलालगायत खेलकुद सामग्री वितरण गरिएको थियो । करिब ५४ हजार रुपैयाँ बराबरको शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको थियो । उक्त कार्यक्रमले विद्यार्थीको पढाइमा सहयोग पुग्ने तथा खेलकुदमा पनि टेवा पुग्ने आशा रहेको प्रमुख अतिथिलगायत रोटरीका अध्यक्ष लगायत अन्य रोटरीका प्रतिनिधिको भनाइ थियो । कार्यक्रममा निर्वाचित अध्यक्ष रोसन पिया, मनोनित अध्यक्ष डा. होमबहादुर बस्नेत, को–सर्जेन्ट एर्ट आर्म जनककुमार ढकाल, पूर्वअध्यक्षहरु मित्रराज दवाडी, ई. शरद गोपाल न्याछ्यौ, क्लब एडमिन को–चेयर रामचन्द्र अधिकारी र चाइल्ड डेभ्लपमेन्ट कोर्डिनेटर रजनी मास्केको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>