चितवन विशेष

चितवनमा अत्याधुनिक मेकअफ स्टुडियो

Banner

चितवन, भदौं २९

भरतपुरमा रहेको फेमिना ब्युटिपार्लरले सेवामा विस्तार गरी मेकअप स्टुडियो र टे«निङ सेन्टर सञ्चालन गरेको छ ।

पार्लर परिसर भरतपुर–१० नहरचोकमा शनिबार आफना्े स्थापनाको १८ औँ स्थापना दिवसको अवसर पारेर सेवा विस्तार गरेको हो । फेमिनाको मेकअप स्टुडियो र टे«निङ सेन्टरको शनिबार एक कार्यक्रमकाबीच प्रदेश नं. ३ का सांसद रीना गुरुङ र चलचित्र निर्माता, निर्देशक एवम् कलाकार दिपाश्री निरौलाले संयुक्तरुपमा रिबन काटी उद्घाटन गरेका हुन् ।

कार्यक्रममा प्रदेश सांसद गुरुङले नेपाली महिला नेतृत्व तहमा अझै पुग्न नसकेको भन्दै महिलाको सशक्तिकररणका लागि सबैको हातेमालो आवश्यक रहेको बताइन् । उनले महिलाको आर्थिक सशक्तिकरण नै महिला हिंसा रोक्ने आधार भएको भएको भनाइ राखिन् । कार्यक्रममा चलचित्र निर्देशक तथा कलाकार निरौलाले सिप बिनाको पढाइको डिग्रीले भन्दा सिपले जीवन चलाउन सहज हुने भन्दै यस्ता सिपमूलक व्यवसायमा लाग्न सुझाव दिएकी छन् । उनले महिला घरभित्र मात्र सिमित हुन नहुने भन्दै सबैले आफनो खुट्टाभा उभिने प्रयास गर्न आग्रह पनि गरिन् ।

फेमिना व्युटिपार्लर एवम् मेकअप टे«निङ सेन्टरका सञ्चालक पिङकी लामा श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा चर्चित सौन्र्दयविद्ध लक्ष्मी श्रेष्ठ, नेपाल सहकारी राष्ट्रिय बैँकका सन्चालक सदस्य तारा गुरुङ, उद्योग वाणिज्य संघ चितवनका महिला संयोजक रजनी मास्के, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सिर्जना अर्याल, चितवन च्याम्बर अर्फ कमरेन्स महिला समिति सचिव सीता सापकोटा, फेमिनाका सन्चालक सोममाया लामालगायतले बोलेका थिए ।

कार्यक्रममा फेमिना ब्युटिर्पालरमा मेकअप तालिम लिइरहेका हरुले बेहुलीको पहिरनमा सजिएर फेसन सो समेत प्रस्तुत गरेका थिए । त्यसै गरी कार्यक्रममा चितवनकी लोकगायिका सरिता गुरुङ श्रेष्ठ, राजकुमार लामा र हाल अमेरिकामा रहेका चितवनका नृत्य निर्देशक धर्मवीर लामालगायतले आफ्नो प्रस्तुति दिएका थिए । नारायणगढ मिलनरोडबाट आफ्नो सेवा सुरुगरेको फेमिना ब्युटी पार्लरको यो दोस्रो शाखा हो । विगत केही वर्षदेखि नरहरचोकबाट पनि सेवा दिँदै आएको फेमिनाले १३ लाख भन्दा बढीको लगानीमा फेमिना मेकअप स्टुडियो र टे«निङ सेन्टर निर्माण गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>