चितवन विशेष

लायन्स क्लबबाट गोरखाका १२५ जना विद्यार्थीलाई सहयोग

Banner

चितवन, भदौं २९-

लायन्स क्लब अफ चितवन राइनो सिटी रत्ननगरले बाल दिवसको अवसरमा गोरखा जिल्ला गण्डकी गाँउपालिका–१ मकैसिंहका विद्यार्थीलाई सहयोग गरेको छ ।

सिमान्तकृत प्रजा (चेपाङ )जातिले मात्र अध्ययन गर्ने प्रजाबस्ती आधारभूत प्राथमिक विद्यालयका १२५ जना प्रजा विद्यार्थीलाई विद्यालय पोशाक सर्ट, पाइन्ट र स्विटर तथा एक वर्षलाई पुग्ने कपी, कलम, सिसाकलमलगायतको स्टेशनरी सामग्री वितरण गरेको हो ।
उक्त सामग्री क्लबलाई इसुजु गाडीको आधिकारिक बिक्रेता अभियान मोटर्स भरतपुरले ब्याग, जर्नि नेपाल नारायणगढले कपी तथा न्यू क्यापिटल कलेज रत्ननगरले विद्यालय पोशाक सहयोग गर्दै सहकार्य गरेका थिए । क्लबका प्रथम उपाध्यक्ष तथा कार्यक्रमका संयोजक भूपेन्द्र धितालको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स डिस्ट्रिक ३२५ बि टु का पूर्वडिस्ट्रिक गभर्नर एमजेएफ राजकुमार श्रेष्ठ प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा रिजन चियरपर्सन उमेश गिरी, जोन चियरपर्सन भिमबहादुर नेपाल, जर्नी नेपालका उपाध्यक्ष तथा रत्ननगर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नारायणकाजी श्रेष्ठ, रत्ननगर उवा संघका पूर्वअध्यक्ष तथा क्लबका निर्देशक ज्ञानबहादुर विसुराल, क्लबका निवर्तमान अध्यक्ष ओम सापकोटा , पूर्वअध्यक्ष वेदप्रसाद आचार्य , विद्यालयका प्रधानाध्यापक कर्ण बहादुर चेपाङ.(प्रजा ), विद्यालय व्ववश्थापन समितिका अध्यक्ष रोहित चेपाङ (प्रजा ) लगायतले बालबालिकाको शैक्षिक हक तथा बाल अधिकारबारे बोलेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>