अन्तर्राष्ट्रिय

छतबाट खसेर अमेरिकामा २२ जना घाइते

Banner

न्युयोर्क, भदौं २९-

अमेरिकामा एक बहुतले भवनको छतबाट खसेर शनिबार बेलुका कम्तीमा २२ जना घाइते भएका छन् ।

स्थानीय समय अनुसार बेलुका ६ बजे उद्धारकर्ताहरुको सम्मेलन चलिरहेका बेला घटना भएको जनाइएको छ । सम्मेलनमा हजारौँ उद्धारकर्ताहरु सहभागी भएका थिए । उनीहरुमध्ये कोही अहिले पनि उद्धारकर्ताका रुपमा क्रियाशील छन् भने कोही विगतमा क्रियाशील थिए । काप मे क्षेत्रीय अस्पतालका अधिकारीहरुले २१ जना घाइतेको आफ्नो अस्पतालमा उपचार भइरहेको र तीमध्ये कम्तीमा ३ जना बालबालिका रहेको पुष्टी गरेका छन् । अर्का एक जनाको भने स्थानीय अर्को अस्पतालमा उपचार भइरहेको छ । क्षेत्रीय अस्पतालका प्रवक्ता सुसन स्टेगरले सबै बालबालिकासहित ११ जनालाई उपचारपछि अस्पतालबाट बिदा गरिसकिएको जानकारी दिए । रासस÷सिन्ह्वा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>