चितवन विशेष
चितवन मेडिकल कलेज १२ दिनदेखि ठप्प,मन्त्रालयको निर्देशन डिनले मानेनन्
०

काठमाडौं,भदौं २८-
सरकारले विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता गर्न दिएको निर्देशन अवज्ञा गर्दै चितवन मेडिकल कलेजले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीसँग १२ लाख बढी रकम असुली गरेको पाइएको छ । ठगीविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलनका कारण मेडिकल कलेजको पठनपाठन १२ दिनदेखि ठप्प छ । अस्पतालका दैनिक सेवा भने सञ्चालनमा छन् ।
शिक्षा मन्त्रालयले गत चैत ८ गते मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता गर्न त्रिभुवन विश्वविद्यालयमार्फत डिन कार्यालयलाई निर्देशन दिएको थियो । चितवन मेडिकल कलेजले भने बढी शुल्क असुल्न नछाडेको विद्यार्थीको गुनासो छ । यो समाचार कान्तिपुर दैनिकमा सुदीप कैनीले लेखेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























