चितवन विशेष

निर्माण व्यवसायी संघ चितवनः अध्यक्षमा उमानन्द कँडेल विजयी (मतपरिणामसहित)

०
Banner

चितवन, भदौं २७–

निर्माण व्यवसायी संघ चितवनको नयाँ नेतृत्वको लागि आज (शुक्रबार) भएको निर्वाचनबाट अध्यक्षमा उमानन्द कँडेल भारी मतान्तरले विजयी भएका छन् । शुक्रबार राती सकिएको मतगणनामा बाम प्यानलका उम्मेद्वार छवि गौतमलाई १३६ मतले पराजित गर्दै नेपाली काँग्रेस निकटका कँडेल विजयी भएका हुन् । कँडेलले २०४ मत ल्याए भने प्रतिष्पर्धी गौतमले ६८ मत मात्रै प्राप्त गरे ।

यस्तै द्धितीय उपाध्यक्षमा बाम प्यानलका दिनेशचन्द्र न्यौपाने विजयी भएका छन् । उनले काँग्रेस निकटका भिष्म अधिकारीलाई पराजित गरे । न्यौपानेले १५४ मत प्राप्त गरे भने अधिकारीले ११६ मत प्राप्त गरे । यस्तै संघको सचिवमा झिनो मतान्तरले पुष्कर अधिकारी विजयी भएका छन् । अधिकारीले १३६ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्धन्द्धी राजेन्द्रकुमार श्रेष्ठले १३२ मत ल्याए । त्यसैगरी सह–कोषाध्यक्षमा ताराप्रसाद दुवाडी विजयी भएका छन् । दुवाडीले १६० मत प्राप्त गरे भने निकटम प्रतिद्धन्द्धी बाबुराजा सिंहले १११ मत प्राप्त गरे ।

यस्तै संघको खुुल्ला सदस्यमा सहदेव उप्रेती (२१८ं), संजय न्यौपाने (१८५), शिवलाल ढकाल (१७१), प्रकाश तिवारी (१६८), दीपक अधिकारी (१५९), विष्णु प्रसाद लामिछाने (१४५), दीपक पाठक (१३९) र पिताम्बर बास्तोला (१३७) विजयी भएका छन् । कुल ८ जना खुल्ला सदस्यका लागि १६ जनाबीच प्रतिस्पर्धा भएको थियो।

यस्तै संघको बिहीबार भएको मनोनयन दर्ताको क्रममा प्रथम उपाध्यक्षमा केशवप्रसाद लामिछाने र महासचिवमा पुस्तक अधिकारी निर्विरोध निर्वाचित भएका थिए । यस्तै शुक्रबार निर्वाचन हुनुपूर्व कोषाध्यक्षका प्रतिस्पर्धी कमलराज आचार्यले उम्मेद्वारी फिर्ता लिएपछि उत्सव भट्टराई पनि निर्विरोध निर्वाचित भएका हुन् । यस्तै महिला सदस्यमा पनि रोजिना भट्टराई निर्विरोध निर्वाचित भएकी छिन् । सोही पदमा उम्मेद्वारी दिएकी अनुजा धितालले उम्मेद्वारी फिर्ता लिएपछि भट्टराई महिला सदस्यमा निर्विरोध निर्वाचित भएकी हुन् ।

निर्वाचनमा कुल २७८ मत खसेको छ । मतदानका लागि कुल २८४ मतदाता रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>