चितवन विशेष
हंस सहकारीको १६ औं साधारण सभा सकियो

चितवन, भदौं २७–
हंस बहुउद्देश्यीय सहकारी संस्था लि.कोे १६ औं वार्षिक साधारण सभा आज (शुक्रबार) नारायणगढमा सम्पन्न भएको छ ।
साधारण सभाको प्रदेश ३ का सांसद विजय सुवेदीले समुद्घाटन गरे । संस्थाका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश नं. ३ का प्रदेश सांसद गीता वाग्ले, जुनीय प्रहरी अधिकृत शिक्षालय भरतपुरका निर्देशक हरिभक्त प्रजापति, जिल्ला सहकारी सघं चितवनका अध्यक्ष टिकाराम भट्टाराई, जिल्ला बचत तथा ऋण संघका अध्यक्ष हरिशचन्द्र सुवेदी, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, चितवन उद्योग संघका उपाध्यक्ष त्रिलोचन कँडेल, कृषि ज्ञान केन्द्र चितवनका निमित्त प्रमुख माधव पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा केन्द्रीय बहुउदेश्यीय सहकारी संघका संचालक तथा राष्ट्रिय सहकारी बैंकका लेखा समिति सदस्य तारा गुरुङ, भरतपुर महानगरपालिका वडा नं ३ का अध्यक्ष चन्द्रमित्र पंडित, वडा नं. १ का अध्यक्ष जयराम श्रेष्ठ, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका भागिरथ तिमिल्सिना, जिल्ला बहुउदेश्यीय सहकारी संघ चितवनका सचिव भिष्म खनाल, राष्ट्रिय सहकारी बैंक नारायणगढ शाखाका प्रमुख दिव्य के.सी., प्राईम बहुउदेश्यीय सहकारी संस्था लि. का अध्यक्ष मदन खरेललगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमा सामाजिक संघ संस्थामा उच्च पद हासिल गर्न सफल तथा संस्थालाई जग्गा निःशुल्क प्रदान गरी सहयोग गर्ने शेयर सदस्यहरुलाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो ।
सचिव लेखराज पन्तले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।