चितवन विशेष

निर्माण व्यवसायी संघ चितवनको निर्वाचनः २७८ मत खस्यो, मतगणना सुरु

Banner

चितवन, भदौं २७–
निर्माण व्यवसायी संघ चितवनको नयाँ नेतृत्वको लागि आज निर्वाचन भएको छ । संघको अध्यक्षका लागि छवि गौतम र उमानन्द कँडेल कडा प्रतिस्पर्धा भएको छ । निर्वाचनमा कुल २७८ मत खसेको छ । मतदानका लागि कुल २८४ मतदाता रहेका थिए ।

यस्तै द्धितीय उपाध्यक्षमा दिनेशचन्द्र न्यौपाने र भिष्म अधिकारीबीच प्रतिस्पर्धा छ । संघको सचिवमा राजेन्द्रकुमार श्रेष्ठ र पुष्कर अधिकारीबीच प्रतिस्पर्धा रहेको छ । त्यसैगरी सह–कोषाध्यक्षमा ताराप्रसाद दुवाडी र बाबुराजा सिंहबीच प्रतिस्र्धा रहेको छ ।

संघको हिजो भएको मनोनयन दर्ताको क्रममा प्रथम उपाध्यक्षमा केशवप्रसाद लामिछाने र महासचिव पुस्तक अधिकारी निर्विरोध निर्वाचित भएका थिए । यस्तै आज निर्वाचन हुनुपूर्व कोषाध्यक्षका प्रतिस्पर्धी कमलराज आचार्यले उम्मेद्वारी फिर्ता लिएपछि उत्सव भट्टराई पनि निर्विरोध निर्वाचित भएका हुन् । यस्तै महिला सदस्यमा पनि रोजिना भट्टराई निर्विरोध निर्वाचित भएकी छिन् । सोही पदमा उम्मेद्वारी दिएकी अनुजा धितालले उम्मेद्वारी फिर्ता लिएपछि भट्टराई महिला सदस्यमा निर्विरोध निर्वाचित भएकी हुन् ।

यस्तै संघको खुुल्ला सदस्यमा शिवलाल ढकाल, सहदेव उप्रेती, संजय न्यौपाने, लेखबहादुर पौडेल, प्रकाशराज पौडेल, दीपक पाठक, मानबहादुर दंगाल, प्रकाश तिवारी, दीपक अधिकारी, हेमराज बस्याल, विजय कुमार श्रेष्ठ, देवीप्रसाद भण्डारी, ईश्वरी कँडेल, पिताम्बर बास्तोला, विष्णु लामिछाने र सुरज शाहीबीच प्रतिस्पर्धा रहेको छ । कुल ८ जना खुल्ला सदस्यका लागि १६ जनाबीच प्रतिस्पर्धा भएको हो ।
अहिले मतगणना सुरु भएकोले आजै मतपरिणाम आउने बताइएको छ ।

यसअघि हिजो प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले निर्माण व्यवसायी संघ चितवनको २६ औँ वार्षिक साधारण सभा तथा अधिवेशनको समुद्घाटन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>