चितवन विशेष

बालकुमारी माविले असोज ६ देखी स्वर्ण महोत्सव मनाउने

Banner

चितवन, भदौं २७–

बालकुमारी माध्यमिक विद्यालय, नारायणगढले स्वर्ण महोत्सवलाई भव्यताका साथ मनाउने भएको छ ।

आउँदो असोज ६ गतेदेखी स्वर्ण महोत्सव कार्यक्रम सुरु हुने विद्यालयले जनाएको छ । आज (शुक्रबार) नारायणगढमा पत्रकार सम्मेलन गरी विद्यालयले आउँदो मंसिर २८ गते भव्यताका साथ स्वर्ण महोत्सव समापन गरिने स्वर्ण महोत्सव मूलसमारोह समितिका संयोजक देशीराम प्रधानले जानकारी दिए । उनले स्वर्ण महोत्सव कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गरिने बताए ।

असोज ६ गते विद्यालय प्राङगणमा स्वर्णद्धार र स्वर्ण स्तम्भ शिलान्यास गरिने संयोजक प्रधानले जानकारी दिए । यस्तै असोज ११ गते विद्यालय परिसरमै स्वर्ण महोत्सव शुभकामना आदानप्रदान, १४ गते करुणालय वृद्धाश्रम देवघाटमा फलफूल वितरण कार्यक्रम, सोही दिन विद्यालय परिसरमा जेष्ठ नागरिक सम्मान कार्यक्रम, १८ गते ५ किलोमिटर खुल्ला दौड प्रतियोगिता, २२ गते विद्यालयको आन्तरिक खेलकुद कार्यक्रम, असोज २८ र २९ गते भरतपुर महानगरस्तरीय अन्तरगत विद्यालय व्याडमिन्टन प्रतियोगिता हुने संयोजक प्रधानकारी जानकारी दिए ।

त्यसैगरी कार्तिक ५ गते अन्तर विद्यालयस्तरीय भलिवल प्रतियोगिता, कार्तिक १५ गते भरतपुर महानगरस्तरीय सामुदायिक विद्यालय मैत्रीपूर्ण शिक्षक भलिवल प्रतियोगिता, कार्तिक २३ गते भरतपुर महानगरस्तरीय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता, कार्तिक २४ गते विज्ञान प्रदर्शनी, कार्तिक २८ गते विद्यालय परिसरमै निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम, सोही दिन महानगरस्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता, कार्तिक ३० गते ब्रह्मकुमार विजय÷अर्जुन भाइजी एक दिवसीय कार्यक्रम गरिने संयोजक प्रधानकारी दिए ।

त्यसैगरी मंसिर १२ गते अभिभावकबीच मैत्रीपूर्ण घैटो फुटाइ प्रतियोगिता, मंसिर १५ गते उद्योग वाणिज्य संघ चितवनमा कवि सम्मेलन तथा जिल्ला स्तरीय अन्तर विद्यालय कविता प्रतियोगिता, सोहीदिन देखी २० गतेसम्म सप्ताहव्यापी कार्यक्रम अन्तरगत मोटरसाइकल ¥याली, सरसफाइ, शैक्षिक जागरण अभियान, मंसिर २२ गते शैक्षिक ‘गुणस्तर अभिवृद्धिः अवसर र चुनौती’ सम्बन्धि अन्तरक्रिया कार्यक्रम, मंसिर २६ गते पूर्व व्यवस्थापन समिति, पूर्व शिक्षक तथा कर्मचारीहरुको मित्रमिलन कार्यक्रम, सोही दिन विद्यालय परिसरमा विशेष सम्मान कार्यक्रम र मंसिर २८ गते स्वर्ण महोत्सव विशेष कार्यक्रम, स्वर्ण स्मारिका लोकार्पण, स्वर्ण स्तम्भ, स्वर्ण गेट, इ–पुस्तकालय उद्घाटन समारोह, भवन समुद्घाटन, स्वर्ण महोत्सव समापन कार्यक्रम हुने संयोजक प्रधानले जानकारी दिए ।

विद्यालयले स्वर्ण महोत्सव अन्तरगत रहेर विभिन्न लक्ष्य र योजनाहरु बनाएको छ । जस अन्तरगत दुई करोड रुपैयाँ संकलन गर्ने र ६० लाखको अक्षयकोष स्थापना गिरिने जनाएको छ । सो कोषको व्याजबाट गरिब, विपन्न एवंम जेहेन्दार छात्रवृत्ति प्रदान गर्ने र बाँकी रकमको भौतिक पूर्वाधार निर्माण गर्ने लक्ष्य लिएको स्वर्ण महोत्सव मूलसमारोह समितिका सचिव नारायणबहादुर थापाले जानकारी दिए ।

विद्यालयको ५४ औं वर्षलाई अविष्मरणीय वर्याको रुपमा स्वर्ण महोत्सवलाई भव्यरुपमा सफल बनाउनका लागि एक हजार ५४ सदस्यीय मूल समारोह समिति, १७ सदस्यीय सचिवालय समिति, ३१ वटा विभिन्न उपसमितिहरु निर्माण गरेको छ । स्वर्ण महोत्सवलाई सफल बनाउन प्रचारप्रसारको काम पनि तिब्र पारिएको प्रचारप्रसार समितिका संयोजक शशिधर गैरै (सुमन)ले जानकारी दिए । कक्षा १२ सम्म अध्यापन हुने यस बालकुमारी माविमा हाल ८५० जना विद्यालय अध्ययनरत छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>