खेलकुद

रत्ननगरमा दोश्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुदै

Banner

चितवन भदौ २७ –

चितवनको रत्ननगरमा आगामि असोज ११ गते देखि दोश्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

रत्ननगरमा ३ मा रहेको पुर्बी चितवन स्पोट्र्स क्लको आयोजनामा हुने प्रतियोगितामा ५० भन्दा बढी जिल्लाका खेलाडीहरुले सहभागिता रहने क्लबका अध्यक्ष केबल न्यौपानेले बताए ।
रत्नगर ३ मा निर्माण हुन लागेको प्रस्ताबिक कर्बडहल स्थलमा हुने प्रतियोगितामा भेट्रान र खुल्ला गरि दुबै तबरबाट प्रतियोगिता सञ्चालन गरिने छ । क्लबले गत बर्षको प्रतियोगिता सिकाईको रुपमा लिएको भएपनि यस पटकको प्रतियोगितामा भने राष्ट्रिय स्तरका खेलाडीहरुको भीडन्त रहने गरि ब्यबस्थापन मिलाईएको प्रतियोगिताका संयोजक पुरु खनालले बताए ।
प्रतियोगितामा खुल्ला तर्फ प्रथम हुनेलाई ६१ हजार र दोश्रो हुनेलाई ३१ हजार तथा भेट्रान तर्फ प्रथम हुनेलाई २४ हजार र दोश्रो हुनेलाई १५ हजार पुरस्कार,शिल्ड तथा मेडल प्रदान गरिने प्रतियोगिताका अर्का संयोजक विकास डल्लाकोटीले जानकारी दिए ।

तीन दिन सम्म चल्ने सो प्रतियोगितामा ओपन डबल र भेट्रान डवलका खेलहरु हुने छ । प्रतियोगितामा भएको आम्दानी मध्येबाट २० प्रतिशत बजेट अनाथ वालवालिकाको शिक्षका लागि सहयोग गर्ने योजना रहेको क्लवका अध्यक्ष केवल न्यौपानेले बताए । पत्रकार सम्मेलनमा क्लवका सचिव राजु भट्टराईले तयारीको वारेमा जानकारी गराएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>