पत्रपत्रीका बिशेष

गुन्डा नाइकेसँग गृहमन्त्रीका भाइको यस्तो ‘कनेक्सन’

Banner

काठमाडौं, भदौं २७–

गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ नरेशकुमार थापाले केन्द्रीय कारागारमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेतसँग नियमित रुपमा भेटघाट गरेको देखिएको छ । यो समाचार नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

निर्माण व्यावसायीलाई धम्क्याएर चन्दा असुली गर्ने र गुन्डागर्दी गर्ने समूहको नाममा पक्राउ परेका पवन खड्का र शैलेश प्रजापतिले दिएको बयान र प्रहरीले निकालेको कल डिटेलअनुसार थापाले बस्नेतसँग नियमित सम्पर्क गरेको देखिएको हो । थापा गत मंगलबार पक्राउ परेका छन् ।

कारागारको सुरक्षामा खटिएका प्रहरी निरीक्षक विपिन ओझाले तत्कालिन माओवादी कार्यकता तुलसी भन्ने व्यक्तिसँग आएर थापाले समीरसँग भेट गरेको पुष्टि गरेका छन् । ओझासँग थापाको पुरानो चिनाजानीसमेत थियो । आफू जगन्नाथ देवल कारागारमा ड्युटीमा रहेका बखत थापा समीरलाई भेट्न आएको ओझाले पुष्टि गरेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई दिएको बयानमा ओझाले समीर र थापाको भेट भएको उल्लेख गरेका छन् । ‘२÷३ महिनाअघि उहाँ (थापां आउनुभएको हो । उहाँ तत्कालिन माओवादी कार्यकता तुलसीको साथमा आउनुभएको थियो,’ ओझाको बयानमा उल्लेख छ ।

उता थापाले भने सिआइबीसँगको बयानमा भने नरेश थापाले आरोप अस्वीकार गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>