चितवन विशेष

कांग्रेस जनजागरण अभियानमा वृक्षरोपण

Banner

चितवन, भदौं २६-

नेपाली कांग्रेसको दोस्रो चरणको जनजागरण अभियान चितवन क्षेत्र नं २ प्रदेश ‘ख’ ले पनि वृक्षरोपण गरी सुरु गरेको छ ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०६ औं जन्म जयन्तीको दिन पारेर सुरु गरिएको अभियानअन्तर्गत लक्ष्मी माध्यमिक विद्यालय लंकू परिसरमा अाँप, गोलमोललगायतका १०६ वटा बिरुवा रोपिएको छ ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्ड तथा राप्रपा नेता कमल थापाले समेत आफ्नो आर्दश मानेका बीपी कोइराला अनुयायीहरु नागरिकका हक अधिकारका लागि सधै लाग्नुपर्ने बताएका थिए । सत्तामा रहदा होस् या बाहिर बस्दा नागरिकका चासो र चिन्तामा कांग्रेसले साथमा साथ र हातमा हात दिनुपर्ने वक्ताहरुले औल्याएका थिए । कार्यक्रममा बीपी आफ्नो आदर्श भनेर मात्र होइन कार्य क्षेत्रमा पनि त्यसै अनुसारको आचरण गनुपर्ने कार्यकर्ताहरुले कुरा उठाएका थिए ।

आज रोपिएका बिरुवाको संरक्षण गर्ने जिम्मा लिइएको साबिक वडा नं ६ का सभापति रेशमलाल कँडेलले बताए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य भूपतिदास सापकोटा, देवकी गौतम, नेपाली कांग्रेसका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरु, नगरसमिति तथा वडा समितिका पदाधिकारीहरु तथा सयौंको सख्यामा भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

चितवन क्षेत्र नं २ प्रदेश ‘ख’ का अध्यक्ष डा गुणराज क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभियानका लागि खटिएका केन्द्रीय प्रतिनिधि एवम् नेपाली कांग्रेस मकवानपुरका पूर्वजिल्ला अध्यक्ष रामचन्द्र अर्याल ‘माइकल’ थिए । कार्यक्रममा नेपाली कांग्रेस चितवनकी प्रवक्ता निता ढकाल, जिल्ला सभापति जितनारायण श्रेष्ठले अभियानका बारेमा मन्तव्य राखेका थिए । भदौं २४ गते सुरु भएको दोस्रो चरणको अभियान असोज ७ गते समापन हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>