चितवन विशेष

चितवनमा डेँगु खोज र नष्ट गर अभियान चलाइने

Banner

चितवन, भदौं २६-

चितवन जिल्ला विपद् तथा व्यवस्थापन समितिको आज बसेको बैठकले जिल्लामा फैलिएको डेँगु नियन्त्रणका लागि विशेष कार्यक्रम चलाउने निर्णय गरेको छ ।

बैठकले डेँगु चितवनमा विपद्कै रुपमा फैलिएकोले ‘डेँगु खोज र नष्ट गर’ अभियान चलाउने जनाएको हो । चितवनका अस्पतालहरुमा डेँगु परीक्षणको कीट अभाव भएकोले स्थानीय तहमा विपद् व्यवस्थापनमा छुट्याइएको बजेटबाट कीट उपलब्ध गराउने निर्णय पनि गरेको छ । त्यस्तै बैठकले डेँगु नियन्त्रणको लागि सम्पूर्ण मिडियाबाट सार्वजनिक हितको विज्ञापन प्रसारण गर्न अनुरोध गर्ने देखि विभिन्न सरकारी र गैरसरकारी निकायलाई सचेतनामूलक कार्यक्रममा परिचालन गरिने पनि निर्णय गरेको छ । बैठकले हावाहुरी पीडित तथा विभिन्न विपद्मा परेका मानिसहरुलाई जिल्लामा १० लाख ४७ हजार रुपैयाँ पनि विनियोजन गरेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतद्वारा जारी सूचनामा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>