अन्तर्वार्ता

निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा कँडेलको उम्मेद्वारी घोषणा,यस्तो छ प्रतिवद्धता

Banner

चितवन,भदौं २६-

निर्माण व्यवसायी संघ चितवनको २६ औं साधारणसभा तथा अधिवेशन आजदेखि भरतपुरमा सुरु भएको । अधिवेशनमा उमानन्द कँडेल ‘बाबुराम’ ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

२०५६ सालदेखि निर्माण व्यवसायमा लागेका कँडेल २०६५ सालदेखि निर्माण व्यवसायी संघमा आवद्ध छन् । उनले एक/एक कार्यकाल सचिव, महासचिव, दित्तीय उपाध्यक्ष र प्रथम उपाध्यक्ष भएर काम गरिसकेका छन् । निर्माण व्यवसायी संघ भनेरै लागेको लामो अनुभव उनिसँग छ । रोयल बिल्डर्स प्रालि भरतपुरका प्रवन्ध निर्देशक समेत रहेका कँडेलसँग हामीले निर्माण व्यवसायी संघको अधिवेशनमा अध्यक्ष पदमा तपाईँको उम्मेद्वारी किन भनेर सोधेका छौं ।

सुरुवातदेखि नै एकमात्र मेरो पेसा निर्माण व्यवसायी हो । बिगत १२ वर्षसम्म कार्यसमितिमा बसेर मैले काम गरिसकेको लामो अनुभव छ । मैले त्यो अनुभवलाई कार्यान्वयन गर्नका लागि पनि अध्यक्ष पदमा उम्मेद्वारी दिने निर्णय गरेको हुँ । मैले अहिलेसम्म मेरो कार्यकालमा आफ्नो पदको भूमिका अनुसारको काम गरेको छु । मैले सानादेखि ठूला व्यवसायीहरुको हक हितका लागि काम गरिरहेको छु र अध्यक्षमा निर्वाचित भएपछि पनि गर्नेछु । साना व्यवसायीलाई माया गर्ने र ठूला व्यवसायीलाई आदर गर्ने मेरो स्वाभाव छ ।

चितवनमा रहेका २५० निर्माण व्यवसायीमध्ये ‘घ’ वर्गका निर्माण व्यवसायी धेरै छन् । उनीहरुको स्तर उकास्नु मेरो प्राथमिकता हुनेछ । निर्माण व्यवसायको क्षेत्रमा नराम्रो काम नगरी राम्रो काम गराउने तर्फ मेरो ध्यान केन्द्रित हुनेछ । निर्माण व्यसायीहरुको भविष्य उज्वल बनाउन र पेसालाई मर्यादित बनाउन मैले निरन्तर पहल गरिरहनेछु । मेरो सम्पूर्ण जीवन निर्माण व्यवसायको क्षेत्रमा समर्पित हुने भएकाले मेरो घर निर्माण व्यवसायी संघ र आफन्त भनेका व्यवसायीहरु हुन् । त्यसलै मलाई अध्यक्षमा विजय गराउनुहुनेछ भन्नेमा पूर्ण विस्वस्त छु ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>