चितवन विशेष

‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प–२’ को अडिसन दिव्यनगरमा

Banner

चितवन, भदौं २५–

दोस्रो संस्करणको ‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प–२’ को आज (बुधबार) पश्चिम चितवनको दिव्यनगरमा अडिसन सम्पन्न भएको छ ।

विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजना र एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस नारायणगढको मुख्य प्रायोजनामा सुरु भएको दोस्रो चरणको प्रतियोगिताको दिव्यनगरस्थित नेपाल आदर्श उच्च माविमा अडिसन भएको हो । अडिसनमा ५० जना विद्यार्थीहरुको सहभागिता रहेको आयोजकका प्रवन्धक विमोचन आचार्यले जानकारी दिए । सो अडिसनबाट ८ जना विद्यार्थी दोस्रो चरणका लागि छनौट भएको आचार्यले जानकारी दिए ।

अडिसनमा सञ्चारकर्मी मनोज घिमिरे र भुवन पौडेल निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
प्रतियोगिताको अर्को अडिस भदौं २७ गैँडाकोटको जनक उच्च माविमा, भदौ २८ र २९ गते भरतपुरमा र भदौ ३१ गते माडी क्याम्पसमा अडिसन हुने प्रवन्धक आचार्यले जानकारी दिए ।

प्रतियोगिताको यसअघि ग्रीनफिल्ड इङ्लिस स्कुल दारेचोक मुग्लिन, पूर्वी चितवनको पर्सास्थित रेडक्रस भवन, कावासोतीको सिद्धार्थ इङ्लिस स्कुल र न्यू क्यापिटल कलेज टाँडी रत्ननगरमा अडिसन भएको थियो ।

यस प्रतियोगितालाई सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरले प्रायोजन गरेको छ । स्पिकिङ च्याम्पमा कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरुले भाग लिन सक्ने छन् ।

विभिन्न आठ स्थानबाट अडिसनमा छनोट भएका प्रतियोगीलाई तालिम प्रदान गर्दै विभिन्न चरण हुँदै फाइनलमा लगिने जानकारी आचार्यले जानकारी दिए । छनोट प्रतियोगीहरुलाई असोज २७, २८, २९ र ३० गते तालिम दिइने बताइएको छ । दोस्रो चरणको प्रतियोगिता कात्तिक १ गते र फाइनल मंसिर १३ गते हुने बताइएको छ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश ५० हजार, ३० हजार, २० हजार मेडल ट्रफी र प्रमाणपत्र वितरण गरिने बताइएको छ ।

यस प्रतियोगिताको आधिकारिक अनलाईन पार्टनमा नारायणी अनलाईन डटकम रहेको छ । प्रतियोगिताको पहिलो संस्करणमा अरोमा कलेजका चिन्तामणि सुवेदी प्रथम, वाल्मीकि शिक्षा सदनकी साधना पौडेल द्धितीय र न्यू क्यापिटल कलेजकी ज्योति शर्मा तृतीय भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>