चितवन विशेष

भेन्डोर इन्टरप्राइजेजको नयाँ शाखा धर्मचोकमा

Banner

चितवन भदौ २५-

भरतपुरको बालमन्दिर रोडमा रहेको भेन्डोर इन्टरप्राइजेजको नयाँ शाखा भरतपुरको धर्मचोकमा खुलेको छ ।

विनोद  ट्रेडर्सको नाममा खोलिएको सो शाखाको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहन प्रधानले उद्घाटन गरेका हुन् । करिब एक करोडको लगानीमा शाखा खोलिएको   ट्रेडर्सका प्रोपाइटर विनोद श्रेष्ठले जानकारी दिए ।  प्लाई, मोडुलर किचन, इन्टर डेकोरेसन, सरकारी इन्जिनियरसँग सहकार्य गरेर, घर निर्माणको काम सम्पन्न गरिने काम गरिने उनले बताए । यसका साथै ट्रेडर्समा कोरिएन वालपेपर, नर्मल वालपेपर, मेटलको झ्याल ढोकाको पाइने श्रेष्ठले बताए ।
यसैबीच उधोग वाणिज्य संघ चितवनका अध्यक्ष  प्रधानले भरतपुर महानगरले व्यवसायको करको पाँच प्रतिशत उद्योग वाणिज्य संघलाई दिँदै आएकोमा सो रकम व्यवसायीकरणमा खर्च गर्ने जानकारी दिए । नेपालमा अवसर नभएको आम गुनासो रहेको बेला आफ्नो ठाउँबाट व्यवसायिक क्षेत्रमा अगाडि बढेकोमा व्यवसायी श्रेष्ठलाई अध्यक्ष  प्रधानले शुभकामना दिए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>