मकवानपुर

काँग्रेस मकवानपुरले गर्‍यो जागरण अभियानको शुभारम्भ

Banner

हेटौंडा, भदौं २४–

नेपाली काँग्रेस मकवानपुरले जननेता बीपी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसर पारेर मंगलबारबाट चारै प्रदेश क्षेत्रबाट दोश्रो चरणको जागरण अभियानको शुभारम्भ गरेको छ ।

काँग्रेस मकवानपुरले मकवानपुरको प्रतिनिधिसभा १ को क र ख तथा प्रतिनिधिसभा २ को क र ख क्षेत्रमा बीपी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसर पारेर १०६ थान विभिन्न जातका विरुवा रोपेर दोश्रो चरणको जागरण अभियानको शुरुवात गरेको हो ।

प्रतिनिधिसभा १ को ख र २ ख मा नेपाली काँग्रेसका केन्द्रीय महामन्त्री डा. सशांक कोइरालाको प्रमूख आतिथ्यतामा १०६ वटा विभिन्न जातका विरुवा रोपेर दोश्रो चरणको जागरण अभियान शुभारम्भ गरिएको हो ।

दुवै कार्यक्रममा बोल्दै प्रमूख अतिथि कोइरालाले पार्टीभित्रको आन्तरिक तिक्ततालाई मेटाउँदै कम्युनिष्टको गलत क्रियाकलापको भण्डाफोर गर्दै आमजनतामा जान दोश्रो चरणको जागरण अभियान आज बाट सुरु गरेको बताए ।
नेता कोइरालाले काँग्रेस आफ्नै आन्तरिक कलहले मात्रै हारेको बताउँदै कांग्रेसजन एकजुट भए कसैले पनि हराउन नसक्ने भन्दै वीपीको सिद्धान्त ठूलो मान्छे हैन, असल मान्छे बन भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्दै सबैलाई एकजुट भई पार्टीलाई एकढिक्का बनाएर अगाडी बढन निर्देशन दिए ।

काँग्रेसको प्रतिनिधिसभा १ को ‘क’ मा क्षेत्रीय सभापति डिल्लीप्रसाद घोरासैनीको सभाध्यक्षता तथा केन्द्रीय प्रतिनिधि प्रेमचन्द्र दाहालको प्रमूख आतिथ्यतामा भएको थियो भने प्रतिनिधिसभा १ को ‘ख’ मा क्षेत्रीय उपसभापति गणेशहरी उप्रेतीको सभाध्यक्षता तथा केन्द्रीय प्रतिनिधि ऋषिराम घिमिरेको आतिथ्यतामा कार्यक्रम भएको थियो ।

यसैगरी प्रतिनिधिसभा २ ‘क’ ईन्द्रशरोबर गाउँपालिकाको शेरामा प्रतिनिधिसभा २ का सभापति यतिराज सापकोटाको सभाध्यक्षता तथा केन्द्रीय प्रतिनिधि प्रतिमा गौतमको प्रमूख आतिथ्यतामा १०६ थान विरुवा रोपी जागरण अभियानको शुभारम्भ गरिएको थियो भने प्रतिनिधिसभा २ को ‘ख’ मा क्षेत्रीय सभापति लोकबहादुर मुक्तानको सभाध्यक्षतामा जागरण अभियान शुभारम्भ गरिएको थियो ।

मकवानपुरको चारैक्षेत्रमा छुट्टाछुट्टै गरिएको कार्यक्रमहरुमा काँग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, पार्टीका उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, जिल्ला सदस्यहरु कृष्णप्रसाद दाहाल, राजिव सुवेदी, कृष्णभक्त श्रेष्ठ, खड्ग गोपाली, प्रमोद जोशी, प्रतिनिधिसभा १ का सभापति दामोदर खनाल, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठ, महासमिति सदस्य दीनेश उपाध्याय, प्रतिनिधिसभा २ को ख का क्षेत्रीय सभापति नुरोज पौडेललगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>