मकवानपुर

रवि लामिछानेलाई थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै निवेदन

Banner

हेटौंडा,भदौं २३-

पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्त रवि लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्न माग गरिएको छ । अभियुक्त लामिछानेसहित युवराज कंडेल र अस्मिता कार्कीलाई जिल्ला अदालत चितवनको गत भाद्र ९ गतेको फैसलालाई बदर गरी थुनामै राखेर अनुसन्धान गर्न नेपाल सरकारको तर्फबाट उच्च अदालत पाटन, हेटौँडा ईजलासमा निवेदन परेको हो ।

लामिछाने, कंडेल र कार्कीलाई विपक्षी बनाई दिईएको निवेदनमा लामिछाने र कंडेललाई घरौटी र कार्कीलाई साधारण तारेखमा रिहा गर्ने जिल्ला अदालत चितवनको फैसलालाई खारेज गर्नसमेत माग गरिएको छ ।

उक्त निवेदन उपर भोलि (मंगलबार) सुनुवाई हुने उच्च अदालत पाटन हेटौँडा इजलाशले जनाएको छ । यता आरोपित रवि लामिछाने र युवराज कंडेलले यसअघि उच्च अदालत पाटन हेटौँडा ईजलासमा चितवन जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा रिहा गरिपाउँ भनि दिएको निवेदनको प्रारम्भिक सुनुवारको क्रममा मगाईएको प्रतिवेदन आज उच्च अदालत हेटौँडामा प्राप्त भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>