चितवन विशेष
रोटरी क्लब अफ भरतपुरद्वारा शैक्षिक सामग्री वितरण

चितवन, भदौ, २३-
रोटरी क्लब अफ भरतपुरले भरतपुर महानगरपालिका–११मा रहेको जखडीमाई आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
‘अन्तर्राष्ट्रिय सारक्षता दिवस’ को अवसर पारेर विद्यालयका १०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको रोटरी क्लब अफ भरतपुरका निर्देशक डाक्टर कृष्णसागर पौडेलले जानकारी दिए । एक वर्ष एउटा विद्यालयलाई सहयोग गर्ने उद्देश्य अनुरुप क्लबले यो वर्ष जखडीमाई आधारभूत विद्यालयलाई छनोट गरेको हो ।
ह्याप्पि स्कुल प्रोजेक्ट अन्तरगत क्लवले सो विद्यालयमा बगैचा निर्माण, स्वास्थ्य परिक्षण, खेलकुद तथा शैक्षिक सामाग्री विरतण गर्दै आएको निर्देशक पौडेलले जानकारी दिए । गरिब समुदायका विद्यार्थीलाई लक्षित गरि कार्यक्रम सञ्चालन गरिएको क्लबले जानकारी दिएको छ । यो महिना रोटरीको सारक्षरता महिना समेत हो । शैक्षिक सामाग्री वितरण कार्यक्रममा रोटरी क्लब अफ भरतपुरका अध्यक्ष सुरेश सेन, फस्टलेडी सुभद्रा सेन, सेक्रेटरी विभेग श्रेष्ठ, कोषाध्यक्ष ऋषि तिमिल्सिना, सदस्य विमल क्षेत्री, पूर्वअध्यक्ष हरिप्रसाद सुवेदी तथा विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।