चितवन विशेष

थापसको नयाँ समितिलाई होटल पार्क इनको सम्मान

०
Banner

चितवन, भदौं २२–

चितवनको पर्यटकीय क्षेत्र सौराहामा रहेको होटल पार्क इनले थारु पत्रकार संघ (थापस) नेपालका नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ ।

होटल परिसरमा आज (आइतबार) आयोजित एक कार्यक्रमकाबीच अध्यक्ष सन्तोष दहित, उपाध्यक्ष रामचन्द्र कुश्मी, उन्नती चौधरी, महासचिव सन्तकुमार चौधरीलगायत कार्यसमिति सदस्यहरुलाई सम्मान गरिएको हो । होटलका संचालक दीपेश चौधरीले खादा, अबिर र फूलले सम्मान व्यक्त गरे ।

सो क्रममा बोल्दै संचालक चौधरीले संघलाई चलायमन बनाउँदै लैजान नवनिर्वाचित समितिलाई आग्रह गरे । संघको शनिबार भएको चौथो महाधिवेशनले सन्दोष दहितको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>