चितवन विशेष
पूर्वीचितवनका १७६ जना शिक्षक तथा विद्यार्थी सम्मानित

चितवन, भदौं २२-
पूर्वीचितवनका चार नगरपालिकाले शिक्षक तथा विद्यार्थीलाई सम्मान गर्दै ४० औं शिक्षा दिवस मनाएका छन् ।
चार नगरपालिकाले आफ्नो नगरपालिकामा कार्यक्रमको आयोजना गरेर शिक्षा दिवस मनाएका हुन् । जनप्रतिनिधि आएपछि यहाँका चार नगरपालिकाले पहिलो पटक शिक्षा दिवस मनाएका हुन् ।कालिका नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष विनोद रेग्मीका अनुसार नगरपालिकाले पहिलो पटक कार्यक्रमको आयोजना गरेर उत्कृष्ट शिक्षक तथा विद्यार्थीलाई सम्मान गरेको हो । कालिका नगरपालिकाले संथागत तथा सामुदायिक विद्यालयका उत्कृष्ट विद्यालयलाई सम्मान गरेको थियो ।
यता अन्य तीन नगरपालिका राप्ती, खैरहनी र रत्ननगरले पनि एसर्ईईमा उत्कृष्ट विद्यार्थी तथा उत्कृष्ट शिक्षक छनोट गरेर सामुदायिक तथा निजी विद्यालय तर्फबाट सम्मान गरेको हो । कालिका नगरपालिकाले शिक्षक तथा विद्यार्थी गरेर ३६ जनालाई सम्मान ग¥यो भने रत्ननगर नगरपालिकाले शिक्षक र विद्यार्थी गरेर १८ जनालार्ई सम्मान गरेको हो । त्यस्तै, यता खैरहनी नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयका ५९ जनालाई सम्मान ग¥यो भने राप्ती नगरपालिकाले पनि संस्थागत र सामुदायिक गरी ६३ जनालाई सम्मान गरेको थियो । नगरपालिकाहरुले ४० औँ राष्ट्रिय शिक्षा दिवस तथा ५३ औँ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा उत्कृष्ट विद्यालयलाई समेत सम्मान गरेका थिए ।
























