चितवन विशेष

चितवनका पत्रकार सापकोटालाई पर्यटन पत्रकारिता पुरस्कार

Banner

चितवन, भदौं २१-

क्षेत्रीय होटल संघ चितवन सौराहाले पत्रकार होमनाथ सापकोटालाई पर्यटन पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

संघको १८ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशनमा सापकोटालाई नगदसहित पुरस्कृत गरिएको हो । पत्रकारिताको माध्यमबाट चितवनको पर्यटन विकासमा योगदान पु¥याएको भन्दै सापकोटालाई पुरस्कृत गरिएको संघले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद कृष्णप्रसाद खनाल, मेयर नारायण वन र संघका अध्यक्ष सुमन घिमिरेले दोसल्ला, सम्मानपत्र र नगदसहित पुरस्कृत गरेका थिए । विगत १७ वर्षदेखि पत्रकारितामा क्रियाशील पत्रकार सापकोटा पूर्वीचितवन पत्रकार संघका अध्यक्ष तथा चितवन पोष्ट दैनिकका संवाददाता हुन् । पूर्वी चितवनलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका सापकोटाले पर्या पर्यटनका विषयवस्तुलाई महत्व दिएर कलम चलाउँदै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>