चितवन विशेष
बिएचएम र बिसिएसमा अब्बल बन्दै चितवनको फोर्ब्स कलेज

चितवन,भदौं २१-
चितवनको फोर्ब्स कलेजले स्थापनाको छोटो समयमा उत्कृष्ट नतिजा दिन सफल भएको छ । तेस्रो बार्षिक उत्सबको उपलक्ष्यमा कलेजले आज (शनिवार) पत्रकार सम्मेलनको आयोजना गरी कलेजले उत्कृष्ट नतिजा हाँसिल गरेको जानकारी दिएको हो ।
कलेजका प्राचार्य दिपक गौतमका अनुसार कलेजले पहिलो व्याचमा ९५ प्रतिशत विद्यार्थी उत्तिर्ण गर्न सफल भएको छ भने दोस्रो बर्षमा ९० प्रतिशत विद्यार्थी उत्र्तिण गर्न सफल भएको छ । उनले कलेजले नेपालीसंगै विदेशी एक्सपर्टहरु ल्याएर विद्यार्थीलाई अध्ययन अध्यापन गराउँदै आएको बताए । कलेजमा १ सय ३० जना विद्यार्थी अध्ययनरत छन् भने नयाँ शैक्षिक शत्रमा ८० जना विद्यार्थी भर्नाको तयारी गरिएको छ । उनले साइबर स्रेक्रेटी सम्बन्धि अध्यापन फोब्र्स कलेजमा नेपालमै पहिलो र एकमात्र भएको दावी गरे ।

युरेका युनिर्भसिटीका प्रोफेसर डा.हाबिल क्लसले नेपालको फोब्र्स कलेजसंग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । उनले भने,‘रिसर्चलाई प्राथमिकता दिएर स्थापना भएको युरेका युनिर्भसिटीले विभिन्न देशका कलेजसंग सहकार्य गरेको छ,युनिभर्सिटीले अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको छ ।’ युरेका युनिर्भसिटीले आइएसओ,आइईसी,डिआइएन स्टान्डर्ड मान्यता प्राप्त गरेको प्रोफेसर क्लसले बताए । विश्वका विभिन्न देशका नौं कलेजलाई युरेका युनिर्भसिटीले सम्बन्धन दिएको उनले जानकारी दिए ।
कलेजका अध्यक्ष संजय कुमार झाले देशका १२ हजार विद्यार्थी विदेशी युनिर्भसिटीमा अध्ययनका लागि जाने गरेको भन्दै त्यसलाई रोक्न अन्तर्राष्ट्रिय स्तरको शिक्षा नेपालमै प्रदान गरिएको बताए । नेपालमा ११ विदेशी युनिभर्सिटीका ५६ कलेजले नेपालमा विभिन्न विषयमा अध्ययन अध्यापन गराइरहेको उनले बताए । उनले विदेशको युनिर्भसिटीबाट सम्बन्धन ल्याएर नेपालमा शैक्षिक संस्था संचालन गर्न सहज नभएपनि फोब्र्स कलेजले सबै आवश्यक प्रकया पुरा गरेर अध्ययन अध्यापन गराइरहेको जानकारी दिए । उनले विदेशबाट पनि विद्यार्थीहरु अध्ययनका लागि आउने वातावरण बनाइने बताए ।
























