चितवन विशेष

भरतपुरका दीपज्योति र अभिवृद्धि सहकारीबीच एकीकरण

Banner

भरतपुर, भदौं २१-

भरतपुरको दीपज्योति बचत तथा ऋण सहकारी र अभिवृद्धि सहकारीबीच एकीकरण भएको छ ।

विसं २०५१ साल माघ ७ गते खुलेको दीपज्योति र ०६९ साल जेठ ३१ गते खुलेको अभिवृद्धि सहकारीको शनिबार एकीकरण भएको हो । दीपज्योतिका अध्यक्ष भोला शिवाकोटी र अभिवृद्धिका अध्यक्ष तुलसीराम आचार्यले एकीकरणपत्रमा हस्ताक्षर गरेका हुन् । दुवै संस्थाको संयुक्त साधरण सभामा एकीकरण घोषणा गरिएको हो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले एकीकरण पछि बनेको सहकारी देशकै नमुना सहकारी बन्नुपर्ने बताए । ‘संस्था ठूलो बनाउनुस्, प्रभावकारी बनाउनुस्, आर्थिक पारदर्शिता होस्’, मन्त्री लामाले भने, ‘उत्पादनमुखी सहकारी बनुन्, अबका सहकारी मुलुक निर्माणमा साझेदार बन्नुपर्छ ।’

त्यस्तै कार्यक्रममा प्रदेश बचत तथा ऋण सहकारी संघका सञ्चालक तेजेन्द्रबहादुर खड्काले सहकारीको मूल्य, मान्यता र सिद्धान्तका आधारमा सहकारीहरु चल्नुपर्ने आवश्यकता देखिएको बताए । कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून) का भरत दवाडी, जिल्ला सहकारी संघका अध्यक्ष टीकाराम भट्टराई, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष केशवप्रसाद रेग्मी, अर्थव सहकारी सचिव सृजना देवकोटा, भरतपुर सहकारीका अध्यक्ष कुलबहादुर खत्रीलगायतले मन्तव्य राखेका थिए ।

सो अवसरमा रजत स्मारिकाको समेत मन्त्री लामाले विमोचन गरे । बन्द शत्रमा दीपज्योतिका सचिव नारायणप्रसाद उपाध्याय, कोषाध्यक्ष नवराज मरहट्टा, अभिवृद्धि सहकारीका सचिव शिवलाल ढकाल, कोषाध्यक्ष रुकमागत पराजुलीले प्रतिवेदन प्रस्तुत गरे । एकीकरण पश्चात यो वर्षको नीति तथा कार्यक्रम समेत पारित भएको छ ।  एकिकरण पश्चात सहकारीको शेयर पूँजी चार करोड ६७ लाख ४४ हजार ९०० पुगेको छ । यस्तै ४० करोड ७२लाख ९८ हजार ९६५ रुपैयाँ बचत मौज्दात पुगेको छ । यो वर्ष १९ प्रतिशत बढाउने लक्ष्य लिइएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>