चितवन विशेष

रत्ननगरको चेपाङ संरक्षण केन्द्रमा खाना सहयोग

Banner

चितवन, भदौं २१-

भरतपुर महानगरपालिका–११ निवासी सूर्यबहादुर थापाले आफ्नो छोरा सुअन्स थापाको चौथो जन्मोत्सव रत्ननगरमा रहेको चेपाङ संरक्षण केन्द्रमा पुगेर मनाएका छन् ।

थापाले आफ्नो छोराको जन्मोत्सवमा हुने फजुल खर्च कटौती गरी गामबेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ बालबालिकाहरुलाई खाना खुवाएका हुन् । कार्यक्रममा थापाले विवाह उत्सव, जन्मोत्सवलगायतका नाममा हुने फजुल खर्च न्यूनीकरण गर्न आवश्यक रहेको बताए । जन्मोत्सवको अवसरमा बुबा सूर्यबहादुर थापा र आमा अनिता थापाको साथमा सुअन्स थापाले गामबेसी चेपाङ संरक्षण केन्द्रमा केक काटेर समेत रमाइलो गरेका थिए ।
कार्यक्रममा गामबेसी चेपाङ संरक्षण केन्द्रका संरक्षक केपी किरण शर्माले यस्तै सहयोगले केन्द्र सञ्चालन गनेको जानकारी दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे । कार्यक्रममा मधु कुँवर, सरदकुमार महतो, सुरेश चौधरी, सावित्री पौडेल, इन्द्रप्रसाद अधिकारी, विनोद चौधरी, कविता पौडेल, राजकुमार श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>