मकवानपुर

मुख्यमन्त्री पौडेल र जर्मन राजदूतबीच भेटवार्ता

Banner

हेटौंडा, भदौं १९-

३ नम्बर प्रदेशका मुख्यमन्त्री र संघीय गणतन्त्र जर्मनीका राजदूत रोलान्ड शेफरबीच आज हेटौंडामा भेटवार्ता भएको छ ।

भेटमा जर्मन सरकार र ३ नम्बर प्रदेशबीच प्राविधिक शिक्षाको विषयमा विशेष छलफल भएको थियो । प्रदेशसँग मिलेर काम गर्न जर्मनी तयार रहेको राजदूत शेफरले मुख्यमन्त्री पौडेललाई जानकारी गराएका थिए ।

अहिलेको युग भनेको प्राविधिक शिक्षाको रहेको मुख्यमन्त्री पौडेलले बताए । प्रदेशमा प्राविधिक शिक्षाको धेरै सम्भावना रहेको उनले बताए । प्रदेश सरकारले एक स्थानीय तह एक प्राविधिक शिक्षालय भन्ने अभियान लिएको उनले जानकारी दिए । यसको लागि जर्मनीसँग थप छलफल प्रक्रिया अगाडि बढाउने बताए । राजदूत शेफरले जर्मनीले प्राविधिक शिक्षालाई विस्तार गरिरहेको बताए । प्रदेशसँग प्राथमिकता अनुसार पनि सहकार्य गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । प्रदेशले स्थानीय तहमा स्थापना गर्ने प्राविधिक शिक्षालयलाई सहयोग गर्न सकिने धारणा समेत राजदूत शेफरले राखे । उनले नेपालको विकासका लागि जर्मनी हातेमालो गरेर अगाडि जाने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>