चितवन विशेष

प्रदेश सरकारको प्राथमिकतामा भरतपुर विमानस्थलः मुख्यमन्त्री पौडेल

Banner

चितवन,भदौं २९-

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कनेक्टीभिटी प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । भरतपुर विमानस्थल विस्तार एवम् सुधार सम्बन्धमा आज भरतपुरमा आयोजित सरोकारवाला बीचको अन्तक्र्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको प्राथमिकतामा भरतपुर विमानस्थल रहेको बताए । उनले प्रदेश राजधानि हेटौंडासंग जोडिने नजिकको विमानस्थल भएकाले पनि भरतपुर विमानस्थललाई प्रदेश सरकारले बिशेष प्राथमिकतामा राखेको बताए ।

उनले चितवनदेखि सिन्धुली सम्मलाई औधोगिक करिडोरको रुपमा बिकास गर्नुपर्ने धारणा राखे । उनले भरतपुर काठमाडौंपछि दोस्रो महत्वपूर्ण स्थानको रुपमा विकास भइरहेको बताए । सर्वपक्षिय छलफलपछि भरतपुर विमानस्थललाई विस्तार र स्तरोन्नती गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेको उनको भनाई छ । उनले सरकारले आवश्यकता ठाने विमानस्थल विस्तारका लागि सहजै जग्गा प्राप्त हुने दावी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>