चितवन विशेष

लागु औषध नियन्त्रणका लागि रत्ननगरमा बृहत र्‍याली हुने

Banner

चितवन भदौ १७-

पछिल्लो समय लागु औषध सेवन गर्ने युवाहरुको शङख्या बृद्धि हुदै गएको छ । नेपालमा उत्पादन भएका युवाहरुको कुल जनशङख्या मध्य ४५ लाख भन्दा बढी युवा बिदेश पलायन हुने र नेपालमै रहेको युवाहरु मध्य ५० प्रतिशत भन्दा बढी युवाहरु कुलतमा पसेका छन् ।

यसरि कहालि लाग्दो अबस्थामा युवाहरु दिन प्रतिदिन कुलतमा फस्दै गएको बेलामा चितवनको रत्ननगरमा युवाहरुलेनै लागु औषधलाई केहि हद सम्म नियन्त्रण गर्नको लागि अभियान सञ्चालन सुरु गर्ने भएका छन् । रत्ननगर १४ मा रहेको सिरदेबि युवा क्लबका युवाहरुले अभियान अन्र्तगत पहिलो चरणमा आगमी भदौ २० गते बृहत कार्यक्रमको आयोजना गरेका छन् । युहहरुले कुलतमा फसेका युवाहरुलाईनै कार्यक्रममा सहभागि गराएर कुलतबाट मुत्त भएको हरु मार्फत जनचेतना दिने, लागु औषध समबन्धि बृहत र्याली गर्ने भएका हुन ।

सिरदेबि युवा क्लबका सल्लाहाकार सरोज भण्डारीका अनुसार युवाहरु कसरि र कुन माध्यमबाट कुलतमा फस्छन तिनिहरुको कुलतमा फसेपछिको जिवनको बारेमा जानकारी दिइने छ । युवाहरुले गर्ने उत्त कार्यक्रमा कुलतबाट मुत्त भएको युवाहरुले कुलतमा लागेका युवाहरुलाई यसको भयावह स्थितको बारेमा जानकारी गराएर छाड्ने मात्र नभई ति युवाहरुलाई आँफुहरुले सजग गराएर कुलतबाट टाढा राख्ने अभियान रहेका क्लबका अध्यक्ष जीत बहादु गुरुङले जानकारी दिए ।

युवाहरुकै नेतृत्वमा रोकथामको उपाय नगरे विकराल अवस्था हुन सक्ने तर्फ युवाहरुको ध्यान गएको छ । क्लबले गर्ने वृहत र्यालीमा करिव २ हजार भन्दा वढी मानिसहरु उतार्ने तयारी छ ।

सल्लाहाकार भण्डारीका अनुसार र्यालीमा विद्यार्थी, शिक्षक, वुद्धिजिवी, समाजसेवी, प्रहरी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई सहभागी गराईने छ । नेपाली माविको चौरबाट सुरु हुने र्याली आधारभूत विद्यालय अमिलियामा पुगेर सभामा परिणत हुने क्लवका अध्यक्ष गुरुङले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>