चितवन विशेष
माडीमा सम्पन्न स्टार कपको उपाधि ज्ञानज्योतिलाई

प्रिती पोख्रेल,
चितवन,भदौं १७-
माडीको बरुवामा सम्पन्न स्टार कप फुटबल प्रतियोगिताको उपाधि ज्ञानज्योति युवा क्लब, भैरवपुरले हात पारेको छ । मंगलबार भएको फाइनल खेलमा चिरौली युनाइटेड क्लब चिरौलीलाई पराजित गर्दै ज्ञानज्योतिले उपाधि हात पारेको हो ।
निर्धारित समयसम्म गोलरहित भएको प्रतियोगितामा ट्राइबे्रकरमा ४–३ गोल अन्तरबाट ज्ञानज्योतिले जीत निकालेको खेल संयोजक अमित लामाले जानकारी दिए । यससँगै बिजेता ज्ञानज्योति युवा क्लब भैरवपुरले नगद रु. १ लाख ११ हजार १११ जितेको छ भने उपविजेतामा चित्त बुझाएको चिरौली युवा क्लबले नगद रु. ५० हजार १ सय ५१ प्राप्त गरेको छ ।
दुबै टिमलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै प्रतियोगितामा म्यान अफ दी म्याच, उत्कृष्ट खेलाडी, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्डर, हाइ स्कोररलाई समेत पुरस्कार प्रदान गरिएको आयोजक स्टार स्र्पोटस् क्लबका सचिब टिकाराम सुबेदीले जानकारी दिए ।
























