चितवन विशेष

चितवनमा ईक्यानको शैक्षिक मेला हुने

Banner

चितवन, भदौ १७-

नेपाल शैक्षिक परामर्श संघ (ईक्यान ) चितवन शाखाको आयोजनामा चौंथो ईक्यान शैक्षिक मेला हुने भएको छ ।

संस्थाले जारी गरेको विज्ञप्ति अनुसार मेला यही भाद्र २७ देखि २९ सम्म भरतपुरको गार्डेन रिसोर्टमा हुने भएको हो । मेलामा स्वेदेशी तथा विदेशी शिक्षाबारे विधार्थी तथा अभिभावकले जानकारी लिन पाउने बताइएको छ । यस्तै मेलामा स्वदेशी तथा विदेशी शैक्षिक संस्थाका ४३ वटा स्टल रहनेछन् ।

मेलामा चितवन जिल्लाकै ठूलो पुरस्कार राशीसहितको हाजिरी जवाफ प्रतियोगिता पनि रहेको छ । ११÷१२ र स्नातक तहसम्मकाले सहभागी हुन पाउने विज्ञप्तिमा जनाइएको छ । पहिलो एक लाख ११ हजार १११, द्वितीय ५५ हजार ५५५ र तितृय ३३ हजार ३३३ पुरस्कार राखिएको छ । स्वदेश होस् या विदेश विधार्थीले इच्छा र सामथ्र्य अनुसार पढ्न पाउनका लागि सत्यतथ्य परामर्श सेवा प्रदान गर्नु मेलाको उद्देश्य रहेको विज्ञप्तिमा जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>