मकवानपुर

संविधान दिवस मनाउन प्रदेश ३ मा समिति गठन

Banner

हेटौंडा, १६ भदौं-

संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरु गर्ने भएको छ ।

सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस मनाउन आज मूल समारोह समिति समेत गठन गरिएको हो ।

दिवसलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरु समेत निर्माण गरिएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलको संयोकत्वमा प्रचारप्रसार उपसमिति, सामाजिक विकास मन्त्री युबराज दुलालको संयोजनमा रचनात्मक क्रियाकलाप व्यवस्थापन समिति, ३ नम्बर प्रदेशका मुख्य न्यायधिवक्ता ओम थपलियाको संयोजकत्वमा विचार गोष्ठी उपसमिति, जिल्ला समन्वय समितिका संयोजक रघुनाथ खुलालको संयोजकत्वमा राजनीतिक दल समन्वय तथा जनपरिचालन उपसमिति, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कवाज तथा प्रभातफेरी व्यवस्थापन समिति निर्माण गरिएको छ । दिवसमा सरसफाइ, परिसम्वाद, खेलकुद कार्यक्रम, दीपावली कार्यक्रम, विभिन्न धार्मिक स्थलमा दीपावली, प्रभातफेरी, गीत तथा नृत्य प्रस्तुत, वृक्षरोपण, रक्तदान, तथा मकवानपुरगढीमा नेपालको विशाल झण्डा झण्डोत्तोलन तथा मुख्यदिन वृहत् कार्यक्रम गरिने भएको छ ।

बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले संविधान दिवस कर्मकाण्डी नभई प्रभावकारी बनाउने बताए । मुख्यमन्त्री पौडेलले जिम्मेवारी बाँडफाँड अनुसार काम सम्पन्न गर्न निर्देशन दिए । संविधान दिवस भनेको इतिहास हो यसलाई झल्काउने गरी मनाउने उनको भनाइ थियो । दिवस भव्यताका साथ मनाउन सम्पूर्णलाई आग्रह समेत गरे ।

बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, प्रमुख सचिव तोयम राय, नेकपा प्रदेशका प्रमुख सचेतक रामेश्वर फुयाल, मुख्य न्यायधिवक्ता ओम थपलिया, सुरक्षा निकायका प्रमुखहरु, मन्त्रालयका सचिवहरु, योजना आयोगका सदस्यहरू, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईलगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>