चितवन विशेष

चितवनमा फलफूलको मूल्य घट्यो, स्याउ किलोकै १०० रुपैयाँ

Banner

चितवन, भदौं १६-

तीजको किनमेल सकिएसँगै चितवनमा फलफूलको मूल्य घटेको छ ।

चितवन फलफूल तथा तरकारी थोक व्यवसायी संघकाअनुसार गत वर्षको तुलनामा स्याउ, मौसम, अनारलगायतका फलफूलको मूल्य भदौंमा धेरै घटेको छ । सबैभन्दा बढी स्याउको मूल्य ३० देखि ४० रुपैयाँले घटेको छ । जसअनुसार स्याउको मूल्य १०० देखि १३० रुपैयाँसम्म पर्छ । केही दिनअघिसम्म एक किलो स्याउको थोक मूल्य १७५ रुपैयाँसम्म पुगेको थियो । त्यसैगरी प्रतिकिलो २५० रुपैयाँ भन्दा बढी रहेको अनारको मूल्य १५० देखि १८० रुपैयाँसम्म आइपुगेको छ । त्यसैगरी संघका अनुसार चितवनमा केराको मूल्य पनि घटेको छ । बजारमा प्रति कोशा ६ रुपैयाँसम्ममा बिक्री हुने केरा घटेर प्रति कोशा तीन रुपैयाँसम्म पुगेको देखिन्छ । मौसम, नासपतीजस्ता फलफूलको मूल्य पनि घट्दो क्रममा नै रहेका छन् ।

चितवन फलफूल तथा तरकारी थोक व्यवसायी संघका पूर्वअध्यक्ष थीरप्रसाद धितालले चाडपर्व सकिएसँगै बजारमा माग पनि कम भएकोले मूल्य घटेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ स्याउ तथा अनारको नयाँ उत्पादन बजारमा आउन सुरु भएकोले पनि मूल्य घट्न गएको हो ।’

त्यस्तै गत वर्षको तुलनामा उत्पादन बढेपछि फलफूलको मूल्य घटेको चितवनका व्यवसायीहरुले जानकारी दिए। थोक बजारमै स्याउको मूल्य घटेका कारण उपभोक्ताले समेत बजारमा सस्तोमा स्याउ पाएको व्यवसायीहरुले बताए । पछिल्लो समय बजारमा मुस्ताङको स्याउ समेत भित्रिन सुरु गरेको छ । मुस्ताङको स्याउ र आयातित स्याउ समेत बजारमा आएकाले मूल्य घटेको व्यवसायी धितालले बताए। ’यसरी नै स्याउ भित्रिँदै गयो भने यस वर्ष पोहोरकै तुलनामा उपभोक्ताले कम मूल्यमा स्याउ पाउनेछन्’ धितालले भने । स्याउसँगै केरा, मौसम, भूइँकटहर,अनार लगायतका फलफूलमा केहीको मूल्य घटेको छ भने केहीको स्थिर देखिएको छ ।

 

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>