चितवन विशेष
सामाजिक सञ्जालले बिर्सिदै पुस्तकालयको महत्व

चितवन,भदौं १६-
रत्ननगरका सामुदायिक बिद्यालयमा पढ्ने बिद्यार्थीले पुस्तकालयको महत्व बुझाउन मुस्किल परेको बताएका छन् । बाह्रौ पुस्तकालय दिबुसको दिवसको अबसर पारेर आयोजना गरिएको कार्यक्रममा सहभागी बिद्यार्थीले यस्तो बताएका हुन् ।
रत्ननगरमा भएको “पठन संस्कृतिको पुर्बाधार पुस्तकालयको बिकास र बिस्तार” बिषयक वक्तृत्वकला प्रतियोगितामा सहभागि बिद्यार्थीले ईन्टरनेटको पहुँचले गर्दा पठक संस्कृतिलाई नै बिर्सीसकेको बताए । बिद्यार्थी सपना पोख्रेलले पछिल्लो समय फेसबुक, टिकटक लगाएतका सामाजिक सञ्जालमा ब्यस्त बन्दा पठन संस्कृतिमा चुनौती थपिएको बताइन् । उनले पुस्तकालय ज्ञान बिज्ञानको थलो रहेको बुझाई रहेका बेला ईन्टरनेटमा देखिने कुसंस्कृतिका कारण पुस्तकालयको महत्व बुझाउन मुस्किल हुँदै गएको बताइन् । त्यस्तै अर्की सहभागि स्वीकृती अर्यालले पछिल्लो समय बिद्यालय तथा बिभिन्न स्थानमा सञ्चालनमा आएको पुस्तकालयको महत्वलाई आम मानिसमा पु¥याउन नसके भावी पुस्तालाई पुस्तकालय हस्तान्त्रण गर्न नसक्ने बताईन ।
पुस्तकालयमा एक भाषा तथा एक देशका मात्रै पूस्तक नहुने भन्दै सबै देशको बारेमा पढ्ने र जान्ने मौका पाइनुका साथै चाहाना अनुसारको पुस्तक पढ्न पाउनुपनि अधिकार भित्रको कुरा रहेको बिद्यार्थी रोनिशा घिमिरेले औलाइन् ।
रत्ननगर उद्योग बाणिज्य संघ र रत्ननगर रोटरी पुस्ताकालयको संयुक्त आयोजनामा भएको कार्यक्रममा “पठन संस्कृतिको पुर्बाधार पुस्तकालयको विकास र बिस्तार” बिषयक वक्तृत्वकला प्रतियोगितामा नेपाल माबिकी स्विकृती अर्याल प्रथम भएकी थिइन् । जिल्ला समन्य समिति चितवनका सभापति कृष्ण प्रसाद डल्लाकोटिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चित्रसारी माबिकी सपना पोखरेल दित्तिय, कपरखोरी माबिकी शान्तिमया परियार तृतिय र झुवानी माबिकी रोनिशा घिमिरेले सान्त्वना हात पार्न सफल भइन् ।
बक्तृत्वकला प्रतियोगितामा प्रथम,दित्तिय तृतिय र सान्त्वना हुनेलाई क्रमश नगद ५ हजार, ३ हजार, २ हजार, १ हजार सँगै प्रमाण पत्र हस्तान्तरण गरिएको थियो । रोटरी पुस्तकालयका संयोजक उपेन्द्र आचार्यको अध्यक्षतामा समपन्न भएको कार्यक्रममा शिक्षकहरु केएन सिल्वाल, जगदिश शर्मा, रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष बिपिन पोख्रेल, रत्ननगर उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष ज्ञान बहादुर बिसुराल, रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी लगाएतले आफ्नो भनाई राखेका थिए ।
रत्ननगरका १० सामुदायिक बिद्यालयका १० जना बिद्यार्थीले सहभागिता जनाएको कार्यक्रमको सहजिकरण भने रोटरी पुस्तकालयका सदस्य हरी अधिकारीले गरेका थिए ।
























