चितवन विशेष

क्यान चितवनको अध्यक्षमा भुसाल निर्वार्चित

Banner

चितवन,भदौं १५-

कम्प्युटर एसोसियसन नेपाल (क्यान) महासंघ चितवनको नयाँ नेतृत्व चयन भएको छ । भरतपुरमा शनिबार भएको १४ औं साधारण सभा तथा सातौं अधिवेशनबाट सन्तोषजनक भुसालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो । कार्यसमितिको उपाध्यक्षमा दिलिपकुमार तामाङ र सचिवमा टेकलाल भुषाल चुनिएका छन् ।

आगामी २ वर्षका लागि गठन भएको नयाँ कार्यसमितिको कोषाध्यक्षमा रुपक नेपाल र सहसचिवमा विपी अधिकारीले जिम्मेवारी पाएका छन् ।

सदस्यहरुमा अनिता भुसाल, प्रदीप महतो, कृष्ण पोखरेल, मधु चापागाईं, भिम सापकोटा, विनोद सापकोटा, दिनेश पण्डित, असिम ढुंगाना र गोविन्द बास्तोला छन् । यसअघि महासंघका केन्द्रीय कोषाध्यक्ष शेखरनाथ दुलालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाले सचिव सन्तोषजनक भुसालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष दिलिप तामाङले प्रस्तुत गरेको अर्थिक प्रतिवेदनसमेत पारित गरेको थियो । कार्यक्रम भानु शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>