भरतपुर
आजबाट यतीको भरतपुर–पोखरा–भरतपुर उडान सुरु
०

चितवन,भदौं १५-
आजदेखि यती एअरलाइन्सले पोखरा–भरतपुर उडान सुरु गरेको छ । कम्पनीका भरतपुर शाखा प्रबन्धक अनुप ढकालका अनुसार आज बिहान १०ः५० बाट जहाज पोखराबाट भरतपुरको लागि उड्नेछ र भरतपुरबाट ११ः३० बाट भरतपुरबट उडान हुनेछ ।
३० सिट क्षमताको उक्त जेटस्ट्रिम जहाज हालका लागि एक उडान मात्र भर्ने ढकालले जानकारी दिए । एक उडानका लागि प्रति यात्रु २ हजार ५०० भाडादर कायम राखिएको छ । कम्पनीको सेवा विस्तार, भ्रमण वर्ष २०२० लक्षित गर्दै दुई पर्यटकीय स्थल जोड्न उडान सुरु गरिएको हो । यसअघि बुद्ध एयरको जहाजले एउटा उडान भर्दै आएको थियो ।
भरतपुर–पोखरा हाल बुद्ध एयरले उडान भर्दै आएको छ । सो एयरलायन्सले एकतर्फी भाडा तीन हजार ८०० लिने गरेको छ । यती एयरलायन्सले हाल भरतपुर–काठमाडौं दैनिक चार वटा उडान भर्दै आएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>