चितवन विशेष
रत्ननगरको अनियमितता सम्बन्धमा अख्तियारले थाल्यो छानबिन
चितवन भदौ १४-
चितवनको रत्ननगर नगरपालिकामा भ्रष्टचार मौलाउदै गएको प्रति अख्तियारको ध्यानार्कषण भएको छ । नगरपालिकाले जनप्रतिनिधि पाएसँगै नगरपालिका भित्र निर्माण भएका सडक तथा भौतिक संरचनामा चरम भ्रष्टाचार भएको भन्दै अख्तिायार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिका भित्र छानबिन सुरु गरेको हो ।
नगरपालिका भित्र निर्माण भएका अधिकांस योजनामा चरम भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेपछि यति बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय हेटौडाले छानबिन अगाडि बढाएको छ । आर्थिक बर्ष २०७५/७६ मा कालोपत्रे भएको सडकमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुषन्धान आयोगको कार्यलय हेटौडाले पत्रचार गरेर छानबिन प्रकिया अगाडि बढाएको जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय हेटौडाले भदौ ५ गते देखि लागु हुने गरि ७ दिनको समय दिएर नगरपालिकाका बिभिन्न वडामा निर्माण भएका सडकको बिबरण माग गरेको हो । सो समय भदौं ११ गते सकिसकेको छ ।
अख्तियार दुरुपयोग अनुषन्धान आयोगले नगरपालिका भित्र रहेका वडा नम्बर १,३,६,७ र ९ मा निर्माण भएका सडकको बिबरण माग गरेको छ । अख्यिारले स्वीकृत लागत स्टमेट, उपभोत्ता समिति/ठेकेदारसँग गरिएको समझौता सम्बन्धी समपुर्ण कागजात, नापी किताब/मुल्याङकन बिल/ठेक्का सम्बन्धी बिल र कार्य सम्पन्न प्रतिबेदन, भुक्तानी सम्बन्धी गोश्वारा भौचरका सम्पूूर्ण कागजात, दररेठ बिश्लेषण, गुणस्तर परिक्षण प्रतिबेदन, उपप्रमुख नेतृत्वको अनुगमन समितिबाट पेश गरिएको अनुगमन प्रतिबेदन र निर्माण पूर्व, निर्माण अवधि तथा निर्माण सम्पन्न हुदाँका समयको फोटोहरु अख्तियारले मागेको छ ।
अख्तियारले सडक कालोपत्रे गर्ने कार्य के–कति लागतमा, कति सङख्या, कुन स्थानमा सञ्चालित भएका छन् सोको खर्च र प्रगतिको अबस्था सहितको बिवरण खुलाई वडामा सञ्चालित सम्पूर्ण कालोपत्रे निर्माण सम्बन्धी योजनाका प्रमाणहरु भदौ ५ गतेका मितिले ७ दिन भित्र हुने गरि उपलब्ध गराउन निर्देशन दिएको छ ।