चितवन विशेष

रत्ननगरमा भएको तीज गीत प्रतियोगितामा जौबारी टोल पहिलो

Banner

चितवन, भदौं ११-

रत्ननगरको पिठुवामा बुधबार आयोजित बालमैत्री तथा बालश्रम मुक्त दिगोपनासम्बन्धी तीजगीत प्रतियोगितामा जौबारी टोल पहिलो भएको छ ।

बालश्रमविरुद्ध जनचेतना फैलाउने उद्देश्यले रत्ननगर नगरपालिका–१६ ले गरेको तीज गीत प्रतियोगितामा मुनाल टोल विकास संस्था दोस्रो र हात्तीगाडे टोल विकास संस्था तेस्रो भएका थिए । जौवारी टोल विकास संस्थाबाट सहभागीले उत्कृष्ट नृत्य गरेर पुरस्कृत भएका छन् ।

कार्यक्रममा सहभागी महिलाहरुले गीत मार्फत् बालबालिकालाई श्रममा लगाउनेलाई सामाजिक बहिस्कार गर्नुपर्ने बताएका थिए । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको छ । १० समूह सहभागी सो प्रतियोगिताको निर्णायकमा अनिता अर्याल, नन्दराम गुरुङ र रोहिणी न्यौपाने रहेका थिए । कार्यक्रममा लोकगायक मिलन लामाले गीत तथा भद्रकाली भजन समूहले भजन प्रस्तुत गरेका थिए ।

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले बालमैत्री वडा कार्यान्वयनको लागि सबै एकजुट हुनुपर्ने बताए । उनले सचेतनामूलक कार्यक्रमले बालश्रम न्यूनीकरणमा सहयोग पुग्ने विचार राखे । उद्घाटन कार्यक्रममा वडाध्यक्ष हेमराज थापाले बालमैत्री वडा कार्यान्वयनको लागि जनचेतना अभिवृद्धि गर्न कार्यक्रम आयोजना गरिएको बताए ।

बालमैत्री वडा कार्यान्वयनको लागि वडाबासीलाई जिम्मेवार बनाउन कार्यक्रम फलदायी हुने उनको भनाइ छ । कार्यक्रममा पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष आशिक तामाङ, सृजनशील महिला सहकारी संस्थाकी अध्यक्ष रीता अधिकारी, पिठुवा सिँचाइका अध्यक्ष पौषप्रसाद पोखरेल, साविक पिठुवा गाविसका पूर्वअध्यक्ष चन्द्रकान्त न्यौपाने, अगुवा पुरुषोत्तम लामिछानेलगायतले मन्तव्य राखेका थिए । वडा सदस्य रीता विकको अध्यक्षतामा भएको कार्यक्रममा वडा सचिव शंकरबहादुर गिरीले स्वागत मन्तव्य राखेका थिए । रत्ननगर नगरपालिका वडा नं १६ लाई २०७५ कार्तिक १७ गते बालमैत्री तथा बालश्रम मुक्त वडा घोषणा गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>