चितवन विशेष

नर्सिङ लाइसेन्स परीक्षामा चितवनका ४ कलेजको नतिजा शून्य

Banner

चितवन,भदौं ११ –

नेपाल नर्सिङ काउन्सिलले गत असारमा लिएको नर्सहरुको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा चितवनका चार केलजबाट सहभागी भएका सबै विद्यार्थी फेल भएका छन् । बोस्टन एकेडेमी फर मेडिकल साइन्स,चितवन एकेडेमी फर टक्निकल एजुकेशन,मैँयादेवी गल्र्स कलेज र मौलाकालिका हेल्थ साइन्स कलेज भरतपुरका सबै विद्यार्थी फेल भएका हुन् ।

काउन्सिलले नर्सिङ लाइसेन्स परीक्षा एक वर्षमा तीन पटक लिने गरेको छ । तीमध्ये चैतमा र कात्तिकमा हुने परीक्षामा धेरै विद्यार्थी सहभागि हुन्छन् भने असारमा सहभागि हुनेको संख्या भने कम हुन्छ ।

असारमा भएको परीक्षामा नेपाल र भारतका गरी २ सय १४ वटा कलेजबाट एक हजार ५ सय १९ विद्यार्थी सहभागि थिए । परीक्षामा सहभागि भएका विद्यार्थीमध्ये ६५ प्रतिशत फेल भएका छन् । जसमा ३१ वटा कलेजबाट सहभागि भएका सबै विद्यार्थी फेल भएका छन् । कुल सहभागिमध्ये ९ सय ७४ जना फेल भएका छन् भने १८ जना अनुपस्थित थिए । परीक्षामा पास हुनेको संख्या जम्मा ५ सय २६ मात्र छ ।

काउन्सिलले लिने नर्सिङ परीक्षामा एक पटक मात्र होइन १४ पटकसम्म फेल भएका छन् । यो तथ्यांकले जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको नर्सिङ सेवाको गुणस्तरप्रति नै गम्भीर प्रश्न उब्जाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>